२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

८० न्यायाधीश नियुक्ति विवाद सुनुवाइ सर्यो

काठमाडौं- उच्च अदालतका ८० न्यायाधीश नियुक्ति प्रक्रिया विवादका विषयमा सर्वोच्च अदालतमा बिहीबार हुने भनिएको सुनुवाइ सरेको छ । न्यायाधीशहरू ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर जबरा, डम्बरबहादुर शाहीको पूर्ण इजलासमा परेको मुद्दा विपक्षीतर्फका कानुन व्यवसायीले निवेदन दिएका कारण सरेको हो ।
सर्वोच्चमा केही समयअघि नियुक्त न्यायाधीश शाहीले तत्कालीन नवनियुक्त न्यायाधीशलाई मुख्य न्यायाधीशको हैसियतमा शपथ खुवाएका थिए । त्यसैले विपक्षका कानुन व्यवसायीले मुद्दा हेर्न नमिल्ने जिकिर पनि गरेका थिए ।
नौ महिनाअघि तत्कालीन न्याय परिषद्का अध्यक्ष प्रधानन्यायाधीश सुशीला कार्कीलगायत बहुमत सदस्यले दुईजना सदस्यलाई नसोधी उच्च अदालतमा ८८ न्यायाधीश नियुक्त गरिएको भन्दै मुद्दा परेको थियो ।
अधिवक्ता तोयानाथ ढुंगाना, सरकारी वकिलका तर्फबाट नायब महान्याधिवक्ता दुर्गाबन्धु पोखरेलद्वारा गत चैत १५ मा कानुनविपरीत न्यायाधीश नियुक्ति गरिएको भन्दै रिट निवेदन दर्ता गरेका थिए ।
११ न्यायाधीशको दरपीठविरुद्धको रिट पनि स¥यो
सर्वोच्च अदालतका बहालवाला ११ जना न्यायाधीशविरुद्ध रिट दरपीठउपरको निवेदन बिहीबार पनि सरेको छ ।
न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासमा परेको निवेदन व्यस्तताका कारण हेर्न नभ्याइएको हो ।
सो निवेदनमाथि आइतबार पेसी तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ ।
यसअघि सोमबार न्यायाधीश दीपकराज जोशीको बेन्चमा परेपछि ‘हेर्न नमिल्ने’ मा राखिएको हो । न्यायाधीश जोशी न्याय परिषद्का सदस्य भएकाले हेर्न नमिलेको थियो ।
अधिवक्ताद्वय गणेशप्रसाद पाण्डे र श्रवणकुमार श्रेष्ठले सर्वोच्चमा दरपीठ आदेश बदर गरी गरीपाउँ भन्दै निवेदन दिएका थिए । शुक्रबार दरपीठविरुद्धको निवेदन दर्ता गरिएको थियो ।
सर्वोच्चमा डेढ वर्षअघि नियुक्त भएर काम गरिरहेका ११ जना न्यायाधीशविरुद्ध दर्ता गर्न खोजिएको रिट सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो ।

प्रकाशित: २७ आश्विन २०७४ ०२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App