१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पले उत्तर कोरियाबारे दिएको अभिव्यक्ति तेस्रो विश्वयुद्धलाई निम्तोः रसिया

मस्को – उत्तर कोरिया र अमेरिकाबीचको तनाबबारे धारणा राख्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो गतिविधिले विश्वमा तेस्रो विश्व युद्वलाई निमन्त्रणा गरेको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्वका लागि आगो बालिरहेको आरोप उत्तर कोरियाली सञ्चार माध्यमले लगाइरहेका बेला रसियाको यो भनाइ अाएको हो। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  उत्तर कोरियाका कारण अमेरिकालगायत आफ्ना गठबन्धन राष्ट्रहरूमा कुनै समस्या आए उत्तर कोरियालाई पूर्ण रूपमा ध्वस्त बनाइदिने अभिव्यक्ति दिएको प्रति रूसले आपत्ति जनाएको हो।

गत सेप्टेम्बरमा अमेरिकामा भएको संयुक्त राष्ट्रसंघको बैठकका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  उत्तर कोरियाका कारण अमेरिकालगायत आफ्ना गठबन्धन राष्ट्रहरूमा कुनै समस्या आए उत्तर कोरियालाई पूर्ण रूपमा ध्वस्त बनाइदिने अभिव्यक्ति दिएको प्रति रूसले आपत्ति जनाएको हो।

यसबारे जवाफ दिँदै उत्तर कोरियाली सर्वोच्च नेता किम जोन उनले अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइलाई भुकिरहेको कुकुरको संज्ञा दिएका थिए। अमेरिकाका कारण सम्पूर्ण विश्वले दुःख पाउने स्थिति आउनसक्ने  उत्तर कोरियाले  बताएको थियो। केही दिन अगाडि मात्रै अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियासँगको वर्षाैदेखिको वार्ता नतिजामुखी नभएको भन्दै उत्तर कोरियामाथि आक्रोश व्यक्त गरेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियासँग वार्ता थालेको करिब २५ वर्षको अवधिमा कुनै पनि नतिजा नआएको भन्दै उत्तर कोरियामाथि एउटै उपाय मात्रै काम गर्न सक्ने बताएका थिए।

उत्तर कोरियाली नेता किमले भने अर्काे परमाणु हतियारको परीक्षणका लागि तयारी गर्नका लागि आफ्ना सेनाहरूलाई निर्देशन दिएको उल्लेख गरेका छन्।

प्रकाशित: २६ आश्विन २०७४ १३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App