१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

क्यालिफोर्नियाको आगलागीमा मर्नेहरूको संख्या १७ पुग्यो

लस एन्जलस् – अमेरिकाको क्यालिफोर्नियामा गत आइतबार देखि भएको आगलागीमा मर्नेहरूको संख्या १७ पुगेको छ । 

क्यालिफोनिर्याको हजारौं हेक्टर क्षेत्रफलमा आगलागी हुँदा सयौँ मानिसहरू बेपत्ता भएका छन् भने हजारौं विस्थापित छन्। 

आगलागीका कारण प्रभावित् करिब २० हजार मानिसहरूलाई सुरक्षित स्थानतर्फ सारिएको छ। आगलागी कारण घाइते भएका सयौं मानिसहरूको त्यहाँ स्थानीय अस्पतालमा उपचार भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख छ।
 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगलागी भएको क्षेत्रमा राष्ट्रिय संकटको घोषणा गरेको ह्वाइट हाउसले बताएको छ। आगलागीको घटना एकदमै हृदय विदारक भएको बताउँदै आगलागीमा परी ज्यान गुमाउनेहरू प्रति राष्ट्रपति ट्रम्पले समवेदना व्यक्त गरेका छन्। 

आगलागीका कारण करिब १५ सय घरहरू पूर्ण रूपमा नष्ट भएका छन् । आइतबार राती भएको उक्त आगलागीबाट बच्नका लागि त्यस क्षेत्रका मानिसहरूलाई हवाई जहाजको प्रयोग गरी सुरक्षित स्थानमा सारिएको क्यालिफोर्निया राज्यका गर्भनरले बताए। 

उक्त क्षेत्रमा रक्सी उल्पादनका लागि अंगुरको खेती गर्ने गरिन्छ । सुकेका अंगुरका पातहरूको कारण आगलागी नियन्त्रणमा लिन कठिन भएको हो। 

प्रकाशित: २५ आश्विन २०७४ ०९:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App