१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गृहसहित चार मन्त्रालय लिएर राप्रपा देउवा सरकारमा सहभागी हुने

काठमाडौं- कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी हुने भएको छ। सोमबार बिहान बसेको कार्यसम्पादन बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो। हाललाई भने उक्त बैठक स्थगित गरी अध्यक्ष थापा मन्त्रालय टुंग्याउन बालुवाटार गएका छन्।

कार्यसम्पादन बैठकमा अध्यक्ष थापाले सरकारमा उपप्रधान तथा गृहमन्त्रालयसहित चार मन्त्रालय पाउने जानकारी गराएका छन्। थापाले नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा प्रतिनिधि सभाका लागि ७-८ सिट र प्रदेश सभा लागि २५-३० सिट मागेको जानकारी गराएका थिए।

स्रोतका अनुसार थापाले बालुवाटार बैठकबाट अन्य चार मन्त्रालय टुंगो लगाएर आएपछि पुन कार्यसम्पाद बैठक बसी सरकारमा सहभागी हुने सांसदहरुको टुंगो लगाउनेछन्।

सत्ता गठबन्धन पार्टी माओवादी केन्द्रले नेकपा एमालेसँग पार्टी एकीकरणसहितको एजेन्डा बोकेर चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवले माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्न विभिन्न समूहसँग तीब्र छलफल गरेका थिए। सोहीअनुरुप देउवाले माओवादी केन्द्रीका मन्त्रीहरुलाई बर्खास्त गरी राप्रपालाई सरकारमा सहभागी गराएका हुन्।

 

प्रकाशित: २३ आश्विन २०७४ ०६:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App