१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

खनाल र पुनलाई एआईजीको फुली

सशस्त्र प्रहरी बल महानिरीक्षक दुर्जकुमार राईले नायब महानिरीक्षकबाट अतिरिक्त महानिरीक्षकमा बढुवा भएका शैलेन्द्र खनाल र जितबहादुर पुनलाई दज्र्यानी चिन्ह प्रदान गरेका छन्।

सशस्त्र प्रहरी बल हल्चोकमा आइतबार आयोजित बिशेष कार्यक्रममा बढुवा भएका एआईजीद्धय खनाल र पुनलाई दज्र्यानी चिन्ह लगाइएको हो।

विहीबार बसेको मन्त्रीपरिषद बैठकले लोकसेवा आयोगको सिफारीसमा दुबैलाई बढुवा गर्ने निर्णय गरेको हो। बढुवा भएका खनाल सशस्त्र प्रहरी बलको केन्द्रीय प्रवक्ता र पुन मद्दती तथा सेवा निर्देशनालय प्रमुखका रुपमा कार्यरत छन्।

लोकसेवा आयोगले बैशाख २४ गते दुबैलाई कार्य मूल्यांकनका आधारमा बढुवा सिफारीस गरेको थियो। खनाल र पुनको बढुवा बिरुद्ध उजुरी सुन्ने अधिकारी समक्ष डिआईजी उत्तम खडका र पुष्पराम केसीले उजुरी दिएका थिए।

लोकसेवाले उजुरीको सुनवाई गर्दै पुरानै निर्णयलाई सदर गरेपछि खडकाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन्। सर्वोच्चमा सो रिट उपरको सुनवाई निरन्तर छ।

सशस्त्र प्रहरी बलमा निरिक्षकमा २०४९ मा सेवा प्रवेश गरेका खनालको बढुवासँगै चारवर्षे कार्यकालका लागि सशस्त्र महानिरीक्षकमा बढुवा मितिका आधारले पहिलो भएका छन्। अर्का एआईजी पुनले भने सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईसंगै आगामी फागुन ३ गते अनिवार्य अवकास पाउनेछन्।

प्रकाशित: ५ असार २०७३ १२:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App