१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भाेटाे देखाउने जात्राकाे राैनक (फाेटाे/ भिडियो)

ललितपुर– धार्मिक तथा एेतिहासिक महत्व बाेकेकाे राताे मच्छिन्द्रनाथकाे भाेटाे देखाउने जात्रा शुक्रबार ललितपुरकाे जावलाखेलमा अायाेजना गरियाे।

उक्त जात्राकाे अवलाेकनका लागि अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती र उपप्रधानमन्त्री भीमबहादुर रावल तथा मन्त्रीहरु जावलाखेलमा उपस्थित भएका थिए।

राष्ट्रप्रमुख तथा विशिष्ट व्यक्तिहरूलार्इ प्रमूख जिल्ला अधिकारी ऋषिराम शर्माले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए।

राष्ट्रपति भण्डारीले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरिन्। राष्ट्रपतिले रातो मच्छिन्द्रनाथका पानेजु यज्ञ शाक्यबाट टीका तथा प्रसाद ग्रहण गरेकी हुन्। उनले जीवित देवी कुमारीको पनि दर्शन गरिन्।

गुठी संस्थान ललितपुरका कामु प्रमुख बैकुण्ठ आचार्यले हिरामोती जडित भोटो रथको चारैदिशाबाट देखाएका थिए। जात्रा सम्पन्न भएलगत्तै रातो मच्छिन्द्रनाथको मूर्ति खटमा राखेर बुङ्मती लगिएको छ।

तस्बिरहरू हेर्नुहाेस्

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App