१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विहारमा प्रतिबन्धपछि सीमा क्षेत्रमा मदिरा व्यवसाय फस्टाउँदै

महोत्तरी– भारतको बिहारमा मदिरा बिक्रीवितरण तथा सेवन गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाइएपछि महोत्तरी जिल्लाको सीमावर्ती क्षेत्रमा मदिरा व्यावसाय फस्टाउँदै गएको छ। जिल्लाको सीमावर्ती ग्रामीण क्षेत्रका बजारदेखि शहरी क्षेत्रका मदिरा पसलहरुमा समेत मदिरा व्यवसाय फस्टाएको स्थानीयहरुले बताएका छन्।

सीमावर्ती क्षेत्रमा बिहानैदेखि मदिरा सेवन गर्न आउनेहरुको चहलपहल देखिने गरेको जलेश्वर ५ मा रहेको होटल तास कर्नरका संचालक पृथ्वी साहले बताए। पहिले सँधै खाली रहने मदिरा पसलमा समेत आजभोलि बिहानैदेखि भारतबाट मदिरा सेवन गर्नेहरुकै बढी भिड लाग्ने गरेको उनको भनाइ छ। निम्न वर्ग र मध्यम वर्गीयहरु ग्रामीण क्षेत्रका साना होटलहरुमा बढी जाने र हुने खानेहरु भारतीय मोटरसाइकल र जिप नै लिएर यहाँका ठुला सुविधा सम्पन्न होटल तथा रेसटुरेन्टसम्म मदिरा पिउन आउने गरेको देखिन्छ ।
 
मदिरा सेवन गर्न आउने कतिपय भारतीय नागरिक सदरमुकामका लजहरुमा बास बस्ने पनि गरेका छन्। सीमावर्ती बजार भिटामोड, मटिहानी, सिस्वाकटैया, सम्सी, खैरबन्नी, रघुनाथपुर मनरा कटैया, ईटहर्वाकटी, बथनाहा, एकडारा, मनरा, नैन्ही, सुगाभवानीपटी, पसापतैली, सुरियाहीलगायतका ग्रामीण तथा बजार क्षेत्रमा भारतबाट मदिरा पिउन आउनेहरुको संख्या अधिकतम रहने गरेको छ।

यसका साथै सदरमुकाम जलेश्वर छिन भारतीय सवारी साधनलाई छुट पुर्जि मात्रै लिएर प्रवेश गर्न पाउने भएकाले मोटर साईकल , तिन पांगे्र ,स्कारपियो र वुलेरो लिएर नै नेपाल छिरेर मदिरा पिउन आउनेहरुको संख्या बढी देखिने गरेको छ ।   

शुरु शुरुमा भारतीय एसएसवीले नेपाल तर्फबाट मदिरा सेवन गरेर जानेहरुलाई पनि कडाईका साथ चेक जाँच गरि रहँदा सिमापार गरेर मदिरा पिउन आउनेहरुको संख्या कम रहेपनि भारतीय एसएसवीले खाएर जानेहरुको चेक जाँचमा ढिलाई गरेपछि अहिले भारती क्षेत्रबाट मदिरा सेवनकै लागि नेपाल छिर्नेहरुको संख्या ह्वातै बढेको देखिएको छ ।

भारतीय एसएसवीले भारततर्फ मदिरा बोकेर जानेहरु माथि निगरानी बढाए पनि खाएर जानेहरुलाई त्यही खासै महत्व नदिएपछि अहिले मदिरा पिउन आउनेको संख्या बढेको स्थानीय व्यावसायीहरु बताउँछन्। जलेश्वरमा साह वाईन सेन्टर संचालन गरेका संचालक अनिल साहले होलसेलमा पहिलेको तुलनामा दिनको १० प्रतिशत बिक्री बढेको बताउँछन्।

मदिरा पिउन आउनेको संख्या बढेपछि भारतीय नोट अभावको समस्यामा समेत सीमावर्ती क्षेत्रमा कमी आएको महसुस गरिएको उनले बताए।
 

 

प्रकाशित: १४ श्रावण २०७३ १२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App