१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पोखरीमा डुबेर बालकको मृत्यु

पाल्पा – तानसेन नगरपालिका–५, बतासेडाँडाको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। पौडी खेल्ने क्रममा डुबेर १३ वर्षीय मनिष विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

त्रिभुवन बहुमुखी क्याम्पसको छात्राबास अगाडि रहेको पोखरीमा पौडी खेल्ने क्रममा बिहान करीव ११ बजे मनिष डुबेका थिए । साथीहरूसँगै पौडी खेल्ने क्रममा डुबेका उनको ४५ मिनेटपछि उद्धार गरी युनाइटेड मिशन अस्पताल पुर्‍याइएको थिए । अस्पताल पुर्‍याए लगत्तै अस्पतालले उनलाई मृत घोषणा गरेको थियो। 

मनिष पद्म पब्लिक माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययन गर्दै आएका थिए। तानसेन नगरपालिका–११, बन्दीपोखराका मनिष आफ्नै बाबु खेमबहादुरसँग तानसेन–६, भगवतीटोलमा बस्दै आएका थिए। 

 

प्रकाशित: ८ आश्विन २०७४ ११:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App