१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मृत हात्ती पोष्टमार्टम गर्न कोसीटप्पु लगियो

उदयपुर- अघिल्लो दिन मृत अवस्थामा भेटिएको जंगली हात्ती कोसी टप्पु वन्यजन्तु आरक्षण केन्द्र सुनसरीको जिम्मा दिइएको छ। शुक्रबार साँझ ५:३० बजे जिल्लाको पूर्वी बेलका नगरपालिका ८ स्थित माछापुछ्रे सामुदायीक बन उपभोक्ता समूहको नुनचट्टा भन्ने ठाँउमा मृताबस्थामा भेटिएको हात्ती पोष्टर्मार्टमका लागि बन्यजन्तु आरक्षण केन्द्रको जिम्मा लगाइएको हो।

जंगलबीचमा मरेको हात्ती भेटेर स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय रामपुरबाट गएको टोलीले अघिल्लो दिन नै बन्यजन्तु आरक्षण केन्द्रलाई खबर गरेको थियो। घट्नास्थलमा सेक्टर बन कार्यालय सुन्दरपुर र सेक्टर बन कार्यालय चक्रघट्टी सुनसरीबाट पनि बन कर्मचारीको टोली बोलाइएको थियो । दुवै सेक्टर बनका कर्मचारी र स्थानीयको रोहवरमा सर्जमिन मुचुल्का गरी पोष्टर्मामका लागि केन्द्रमा पठाउने निर्णय गरिएको थियो।

सो निर्णय बमोजिम शनिबार आएको कोसी टप्पु आरक्षण केन्द्य्रका कर्मचारीले हात्तीको लास पोष्टमार्टमका लागि उतै लगेको इप्रका रामपुरले जनाएको छ । इप्रकाबाट १० किलोमिटर पूर्व–दक्षिण र सशस्त्र प्रहरी बेसक्याम्पसबाट केही टाढा रहेको घट्नास्थलमा हात्ती कसरी मर्‍यो वा मारियो भन्ने विषयमा केही नखुलेको इप्रका रामपुरका प्रहरी निरीक्षक सुवास राईले बताए।

स्थानीयका अनुसार सशस्त्र प्रहरी वलको बेसक्याम्पभन्दा केही टाढा मात्र पर्ने ठाउँमा मृत भेटिएको हात्तीको दाह्रा र पुच्छर भने काटेर लगेको अवस्था छ। मरेको हात्तीको दुवै दाह्रा र पुच्छर अज्ञात समूहले काटेर लगेको अनुमान गरिएको स्थानीय भरत घिमिरेले बताए। पुच्छरको रौं र दाह्रा महँगो मूल्यमा बिक्री हुने गरेकाले त्यसैको प्रयोजनका लागि हात्ती कसैले मारेको हुनसक्ने अनुमान गरिए पनि यसबारे केही पत्तो नलागेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: ७ आश्विन २०७४ ०८:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App