१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पेरिस सम्झौताप्रति अमेरिका सकारात्मक

न्यूयोर्क – जलवायु परिवर्तन सम्बन्धी सम्झौतामा ट्रम्प प्रशासनका ५ अधिकारीहरू सकारात्मक देखिएका छन्। 

ट्रम्प प्रशासनका उच्च पदस्थ कर्मचारीहरूले जलवायु परिवर्तन सम्बन्धी सम्झौतामा आइतबार केही लचकता देखाएको अन्तराष्ट्रिय सञ्चार माध्यममा उल्लेख गरिएको छ। 

अमेरिकी विदेश मन्त्री रेक्स टिर्लसनका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्प पछिल्ला दिनहरूमा पेरिस सम्झौता प्रति केही खुला देखिएका  छन्। 

ट्रम्पले गत जुन महिनामा जलवायु परिवर्तन सम्बन्धी सम्झौताबाट बाहिरिने घोषणा गरेका थिए । उनले पेरिस सम्झौतामा आबद्ध भएका कारण अमेरिकालाई आर्थिक क्षति भएको भन्दै पेरिस सम्झौताबाट  बाहिरिने निर्णय गरेका थिए।
 
अमेरिकी एक टेलिभिजन च्यानलमा अन्तर्वार्ता दिँदै अमेरिकी विदेशमन्त्री टिर्लसनले अमेरिका पूर्णरूपमा पेरिस सम्झौताबाट बाहिर नहुने बताएका हुन्। 

जलवायु परिवर्तन सम्बन्धी गरिएको अन्तर्राष्ट्रिय सम्झौताबाट बाहिरिने ट्रम्पको निर्णयमा अन्र्तराष्ट्रिय स्तरमा नै आलोचना भएको थियो । सन् २०१५ मा जलवायु परिवर्तन सम्बन्धी सम्झौतामा अमेरिकी पूर्व राष्ट्रपति बाराका ओबामाले हस्ताक्षर गरेका थिए। 

संयुक्त राष्ट्रसंघ तथा युरोपियन युनियनले पनि ट्रम्पको निर्णयको आलोचना गरेका थिए। 

पेरिस सम्झौताले भावी पुस्ताको भविष्यको संरक्षणका लागि समेत विशेष महत्व दिने भएकाले ट्रम्प उक्त निर्णय अमेरिकी जनताको पक्षमा नभएको भन्दै पश्चिमा मुलुकहरू जर्मनी , फ्रान्स , इटाली लगायतका मुलुकहरू ट्रम्पको उक्त निर्णयको चर्काे शब्दमा आलोचना गरेका थिए। 

कतिपय वातावरण संरक्षण सम्बन्धी संघ संस्थाहरूले पृथ्वीको वहन क्षमतालाई मध्येनजर राख्दै गरिएको उक्त निर्णय उल्टाउने अधिकार ट्रम्प सरकारलाई नरहेको भन्दै उक्त निर्णयको विरोध गरेका थिए। 

प्रकाशित: २ आश्विन २०७४ ०८:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App