१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरियामाथि अझै दबाब बढाइने

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले उत्तर कोरिया माथि अझै दबाब दिइने बताएका छन्। 

आइतबार दुई नेताबीच भएको टेलिफोन संवादलाई उद्धृत गर्दै उत्तर कोरियामाथि थप आर्थिक तथा कुटनीतिक नाकाबन्दी लगाइने अन्तराष्ट्रिय सञ्चार माध्यममा उल्लेख गरिएको छ । उनीहरू बीच करिब २५ मिनेट लामो टेलिफोन संवाद भएको थियो। 

दुई नेताहरू बीच भएको टेलिफोन संवाद लगत्तै राष्ट्रपति ट्रम्पले त्यसबारे सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गरेका थिए । 

संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाएको ४ दिन पछि उत्तर कोरियाले पुनः जापानी आकाशमा मिसाइल परीक्षण गरेको थियो। 

जापानको हकाइदो टापुको आकाशमाथि गरिएको  उक्त मिसाइलले करिब ३७०० किलोमिटरको दूरी तय गरेको थियो ।  

यस अघि उत्तर कोरियाले परीक्षण गरेको मिसाईलले करिब ३००० किलोमिटरको दुरी तय गरी जापानको सामुद्रिक क्षेत्रमा खसेको थियो। 
 
उत्तर कोरियाले सेप्टेम्बर ३ मा हाइड्रोजन बमयुक्त मिसाइल परीक्षण गरेपछि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आकस्मिक रूपमा बसेको बैठकमा ऊमाथि  थप नाकाबन्दी लगाउनुपर्ने अमेरिकी प्रस्तावलाई विश्वका १५ मुलुकहरूले पास गरेका थिए।
 
संयुक्त राष्ट्रसंघले लगाएको विभिन्न नाकाबन्दीको बाबजुत पनि उत्तर कोरियाले मिसाईल परीक्षणलाई निरन्तरता दिइ रहेको छ। 

प्रकाशित: २ आश्विन २०७४ ०७:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App