१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

काठमाडौं–ताप्लेजुङ हवाई सेवा सञ्चालन हुने

ताप्लेजुङ-  नेपाल नागरिक उड्यन प्राधिकरणले आउँदो बुधवार देखि काठमाडौं–ताप्लेजुङ हवाई सेवा सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ।  

आइतवार नेपाल नागरिक उड्यन प्राधिकरण र ताप्लेजुङ सरोकार केन्द्रबीच काठमाडौंमा भएको छलफल पछि बुधवारबाट काठमाडौं–ताप्लेजुङ हवाई सेवा सञ्चालन गर्ने सहमति भएको हो। सहमति अनुसार नेपाल बायुसेवा निगमले हप्ताको दुई दिन बुधवार र शुक्रवार ताप्लेजुङमा हवाई सेवा सञ्चालन गर्ने छ।

 निजी क्षेत्रका बायुसेवा कम्पनीहरु तारा,सीता र समिट एयरले पनि हप्ताको एकदिन हवाई सेवा सञ्चालन गर्ने सहमति भएको दबाव समूहमा रहेका नेपाल पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए। लामो समय सम्म सुकेटार बिमानस्थलमा हवाइ सेवा बन्द भएपछि ताप्लेजुङ सरोकार केन्द्रले प्राधिकरणलाइ दबाब दिदै आएको थियो । सोहि दबाब पछि आइतवार दुइ पक्षबीच छलफल भएको श्रेष्ठले बताए । ताप्लेजुङ सरोकार केन्द्र ताप्लेजुङबाट काठमाडौं पुगेर पेशा व्यवसायमा आबद्ध रहेकाहरुको छाता संस्था हो । निजी कम्पनीहरुले यात्रु नै उपलब्ध नहुने गुनासो गरेपछि सोको सुनिश्चिताको लागि ताप्लेजुङ सरोकार केन्द्रले अग्रसरता देखाउने भएको छ । ‘यात्रुको कमी हुदैन’ताप्लेजुङ सरोकार केन्द्रका उपाध्यक्ष चित्रगुप्त साँवाले भने‘हामीले यात्रुको जिम्मेवारी लिन्छौं सम्म भनेका छौं’ । पटक–पटक ताप्लेजुङमा हवाई सेवा रद्ध हुने गरेकोमा त्यसको लागि ताप्लेजुङमा नागरिक उड्यन प्राधिकरणले अनुभवी प्राविधिक खटाउने समेत सहमति भएको छ । प्राधिकरणको तर्फबाट उप–निर्देशक सुभाष झा उप–प्रबन्धक चुडाबहादुर खड्का, नेपाल बायु सेवा निगमको तर्फबाट प्रेमरत्न बज्राचार्य, निजी बिमान कम्पनी समिट,तारा सिता एयरका प्रतिनिधिहरुको सहभागिता रहेको थियो भने ताप्लेजुङ सरोकार केन्द्रका पदाधिकारीहरुका साथ सांसद भुपेन्द्र थेबे समेत सहभागी भएका थिए।

 

प्रकाशित: १ आश्विन २०७४ १३:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App