२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

अति संवेदनशिल मतदान स्थलको सुरक्षामा कडाइ

बारा- सोमबार हुने तेश्रो चरणको स्थानीय तहको निर्वाचनमा अति संवेदनशिल मतदान स्थलमा डेढगुणा बढी सुरक्षाकर्मी परिचालन हुने भएको छ।

भारतसँग सिमाना जोडिएको जिल्लाको दक्षिणी भेगमा पर्ने अतिसंवेदनशिल मतदानस्थलमा सुरक्षा व्यवस्था कडा बनाउनको लागि अन्य मतदान स्थल भन्दा डेढ गुणा सुरक्षाकर्मी परिचालन हुने सुरक्षा अधिकारीहरुले बताएका छन।

१६ वटा स्थानीयत तहका मतदाताहरुलाई मत दिनको लागि ३०३ वटा मतदान स्थल निर्धारण गरिएको बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले बताए।

निर्धारण गरिएको मतदानस्थल मध्ये दक्षिण भेगका ६६ वटा मतदान स्थलहरु अतिसंवेदनशील रहेकोमा त्यहाँको सुरक्षा व्यवस्थालाई कडा बनाउनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना अन्य स्थानको भन्दा धेरै सुरक्षाकर्मी खटाइएको बताएका छन।

जिल्लामा समान्य संवेदनशिल मतदानस्थल १०९ वटा र संवेदनशिल १२८ वटा मतदान केन्द्र रहेको प्रजिअ मानन्धरले बताए।

समान्य संवेदनशिल मतदान स्थलमा खटाइने सुरक्षाकर्मी भन्दा केही बढी संवेदनशिल मतदानस्थलमा सुरक्षाकर्मीलाई खटाइने नीति लिएको उनले बताए।

शान्तिपूर्ण रुपमा निर्वाचनलाई सम्पन्न गर्नको लागि नेपाली सेना बाहेक नेपाल प्रहरीका ३३ सय, सशस्त्रका दुई हजार र राष्ट्रिय अनुसन्धानका २४ वटा सुरक्षाकर्मी परिचालन हुने प्रजिअले बताए।

भारत सँग सिमाना जोडिएको विश्रामपुर गाउँपालिका, फेटा गाउँपालिका, कलैया उपमहानगरपालिका, देवताल गाउँपालिका, पचरौता नगरपालिका र सिम्रौनगढ नगरपालिकाका मतदानस्थलहरु अति संवेदनशिल रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

मतदान केन्द्र भित्र नेपाल र सशस्त्र प्रहरी रहने छन भने नेपाली सेना मतदान स्थल भन्दा अलि टाढा रहने व्यवस्था गरिएको उनले बताए ।

स्थानीय तह, १६७ वडा, ३०३ मतदान स्थल, ४५८ मतदान केन्द्र र तीन लाख ३४ हजार सात सय ४६ मतदाता रहेका जिल्ला निर्वाचनले जनाएको छ।

प्रकाशित: १ आश्विन २०७४ १२:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App