१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

५० करोड रुपैयाँ जलेश्वरको ठोस विकास योजनामा लगाउन सुझाव

महोत्तरी– महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको किवासका लागि छुट्याइएको ५० करोड रकमले विकासको ठोस आयोजना निर्माण गर्न सर्वसाधारणले सुझाव दिएका छन्। उक्त रकम टुक्रे योजनामा नलगाई ठोस र दीर्घकालिन महत्वको योजनामा खर्चिन सर्वसाधारणले सुझाव दिएका हुन्।  

सहरी विकास मन्त्रालय सहरी विकास तथा भवन निर्माण विभागले तराईको जिल्ला सदरमुकामको विकासका लागि ५० करोड रुपैयाँ बजेट छुट्याउने नीतिअन्तर्गत जलेश्वर नगरपालिकाका लागि पनि ५० करोड रुपैयाँ प्राप्त भएको हो।

उक्त बजेट कसरी र कुन योजनामा खर्चिने भन्ने विषयमा जलेश्वर नगरपालिका सघन सहरी विकासले गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो सुझाव दिएका हुन् ।

गाविसबाट हालै जलेश्वर नगरपालिकामा गाभिएका सुगाभवानी पट्टी, परिकौली फुल्हटा र अनकारका बासिन्दाले अहिलेसम्म आफूहरु नगरपालिकामा आएको अनुभुति गर्न नपाएकाले उक्त बजेटबाट उक्त ठाउँहरुमा ठोस पक्की सडक, ढल निकास, विद्युतको उचित व्यवस्था गरी नमुना वडाको रुपमा परिणत गरिनु पर्ने उनीहरुको माग छ।  

 

प्रकाशित: १३ श्रावण २०७३ ०९:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App