१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस मधेसको पहिलो पार्टी बन्नेछ : महत

वीरगन्ज- दुई प्रदेशको एकमात्र महानगर वीरगञ्जमा यतिबेला केन्द्रीय नेताहरुको दौडधुप बाक्लिन थालेको छ । समेबार नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले दुई नम्बर प्रदेशको अधिकांश सिट नेपाली कांग्रेसले जित्ने दाबी गरेका छन् । 

‘नेपाली कांग्रेस नै यस्तो पार्टी हो जसले मुलुकलाई हरेक अफ्ठ्याराबाट निकास दिलाएको छ । यो कुरा जनताले राम्ररी बुझेका छन्,’ आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘कांग्रेस मधेसको पहिलो पार्टी हो । निर्वाचनले त्यो फेरि सावित गर्दैछ ।’

उनले कांग्रेसले उठाएका उम्मेदवार सक्षम र इमान्दार भएकाले जनताले यो कुरालाई मनन गर्ने बताए । पैसाको प्रभावमा मत तान्ने कसैको रणनीति रहेछ भने सफल नहुने उनको दाबी थियो । जनता पैसामा नबिक्ने उनको दाबी थियो ।  

नेकपा एमालेलाई उनले गलत प्रचारबाजीको राजनीति गर्ने पार्टी भएको बताए । एमालेप्रतिको राष्ट्रियताको सबालमा गलत कुरा र समाजलाई फुटाउने कार्य सो पार्टीले गरिरहेको उनको आरोप थियो । 

प्रकाशित: २६ भाद्र २०७४ १०:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App