१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संविधान संशोधनको अजेण्डा अब काँग्रेसको: नेता लेखक

वीरगन्ज- नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले संविधान संशोधनको अजेण्डा अब काँग्रेसको भएको बताएका छन्। वीरगन्जमा शनिवार नेपाल प्रेस युनियनले आयोना गरेको पत्रकार सम्मेलनमा उनले मधेसको माग र अजेण्डालाई पुरा गर्ने कामको नेतृत्व काँग्रेसले गर्ने दावी गरे। अहिलेको राष्ट्रिय अजेण्डा भनेको संविधानलाई सर्वस्विकार्य बनाउने र संविधान कार्यान्यवन गर्ने रहेको नेता लेखकले बताए।

 ‘निर्वाचनमार्फत संविधान कार्यान्यवनको दिशामा हामी अगाडी बढी सकेका छौं र संविधान सर्वस्विकार्य बनाउन त्यसलाई संशोधन गर्नु पर्ने भएकोले काँग्रेसले संविधान संशोधनको मुद्दालाई अब अगाडी बढाउने भएको छ,’ उनले भने, ‘संविधान संशोधनको मुद्दा संसदमा असफल भएको छ, मरेको छैन् ।’

लेखकले वीरगन्ज सम्भावनायुक्त र देशकै समृद्धीको द्वार भएको भन्दै काँग्रेसले यस महानगरसंगै सबै स्थानीय तहमा सक्षम र इमान्दार ब्यक्तिहरुलाई उम्मेदवार बनाएको दावी गरे।

देशमा तराई, पहाड र हिमालका बिभिन्न जातीय समूहबीच द्वन्द सृजना गरेर राष्ट्रियता बलियो नहुने बताउँदै सबैलाई जोडेर मात्र राष्ट्रियता मजबुत हुने काँग्रेसको धारणा रहेको उनको भनाई छ।  

प्रकाशित: २४ भाद्र २०७४ १२:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App