१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गृहकार्य समूह गठनले विद्यार्थी उत्साहित

मुगु- छायाँनाथ रारा नगरपालिका वडा नम्बर ९ मा रहेको राष्ट्रिय माध्यामिक विद्यालय मुर्मामा एक वर्ष यता गृहकार्य समूह गठन गरे पछि विद्यार्थीहरु विद्यालयमा नियमित हुनुका साथै पढाईमा सुधार हुन थालेको छ।

किडार्क नेपाल मुगुले विद्यालय र जिल्ला शिक्षा कार्यालयको समन्वयमा विद्यालमा अध्ययनरत विद्यार्थीका लागि सम्भव परियोजना अन्तर्गत गृहकार्य समूह गठन गरे पछि विद्यार्थीहरुले घरमा समूहगत रुपमा बसेर छलफल विधीद्धारा गृहकार्य गर्ने गरिरहेको विद्यालयका प्रधानाध्यापक नन्दसिंह रोकायाले बताए । विगतमा १५ प्रतिशतले मात्र गृहकार्य गर्दै आईरहेकामा अहिले गृहकार्य गर्ने विद्यार्थीको संख्या ६० प्रतिशत नाघेका प्रधानाध्यापक रोकायाको भनाई छ।

विगतमा विद्यालयमा कसैले गृहकार्य गर्ने कसैले नगर्ने र विद्यालयमा पनि अनियमित हुने गरेकोमा अहिले सबै साथीहरु एक आपसमा छलफल गरेर गृहकार्य गर्ने गरिरहेका विद्यालयमा गठित बालक्लबका अध्यक्ष सुर्यदेवी रोकायाले बताईन।

 विद्यालयमा मात्रै हैन गाउँ र विद्यालयमा गठित बाल क्लब र किशोरी समुहले बाल विवाह , बहु विवाह , छाउपडीका विषयमा जनचेतना मुलक कार्यक्रमहरु पनि सञ्चालन गरिरहेका किशोरी समुहकी सदस्य सरिता रोकायाले बताईन ।

विगतमा गृहकार्य पनि नगर्ने , विद्यालयमा नियमित नहुने भए पनि अहिले सम्भव परियोजना अन्र्तगत किशोरी समूह गठन, बाल क्लब, गृहकार्य समुह भए पछि विद्यार्थी नियमित हुने गरेको विद्यालयकी शिक्षिका अमृता रोकाको भनाई छ ।

 

प्रकाशित: २३ भाद्र २०७४ ०९:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App