१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

किशोरी हत्याकाण्ड बारे सरकारलाई खबदारी

प्रजिअलाई ज्ञापनपत्र बुझाउदै वडाध्यक्ष ।

कालिकोट – दैलेखको आठबिस नगरपालिका—८ खिड्कीज्युलामा बलात्कारपछि किशोरीलाई हत्या गरिएको विषयलाई लिएर प्रशासनलाई सत्य तथ्य छानविन गर्न माग गरेका छन् । कालिकोटका प्रमुख जिल्ला अधिकारी र दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई हत्या गरिएका किशोरीका आफन्त र जनप्रतिनिधिले ज्ञापनपत्र बुझाउदै खवदारी दिएका हुन्। 

कालिकोट तिलागुफा नगरपालिका—५ खल्लागाडकी १८ वर्षीया मनशोभा न्यौपानेलाई एक युवकले बलात्कारपछि हत्या गरेको सार्वजनिक भएपछि स्थानीय, जनप्रतिनिधि र मृत्तकका आफन्तले ज्ञापनपत्र दिएका हुन् । 

सुर्खेत विरेन्द्र नगरपालिका — १ बाँग्गेसिमलका ३२ वर्षीय ट्रक चालक लक्ष्मीप्रसाद आचार्यले एक होटलमा बन्धक बनाएर बलात्कारपछि हत्या गरेको आरोप लगाइएको छ । अनुसन्धानका लागि आरोपमा प्रहरीले नियन्त्रणमा लिएका आचार्यलाई  कानुन बमोजिम कारवाही नभए अन्य महिला पनि असुरक्षित हुने ठहर गर्दै समयमै ध्यानाकर्षणका लागि ज्ञापनपत्र दिइएको महावै गाउँपालिकाका अध्यक्ष ननन्दबहादुर सिंहले बताए। 

यही भदौ १७ गते सुर्खेतदेखि ना५ ख १८८७ नम्बरको ट्रकमा चालक आचार्यले निशुल्क घर पुगाइदिन्छु भन्दै हत्या गरिएकी न्यौपानेलाई साथमा ल्याएका हुन् । कालिकोट र दैलेखको सिमानामा पर्ने कर्णाली राजमार्गको दहिखोलो नजिकको गगने खोलामा भिषण पहिरो आएपछि ति युवतीलाई चालकले खिड्कीज्युलाको एक होटलमा बन्दक बनाएर राखेका थिए । पहिरोले बाटो बन्द भएको निहुँमा ट्रक चालक लक्ष्मीप्रसाद आचार्यले होटलमा लगेर राखेका थिए।

बलात्कार गरेर मृत्यु भएकी न्यौपानेलाई आफ्नो भान्जी नातापर्ने भन्दै खिड्कीज्युलाको सलामी होटलमा कोठा लिएर राखेका थिए । शनिबार विहान कोठाबाट आचार्यले विष शेवन गरी भनेर घाहिते अवस्थामा होटल बाहिर उनलाई आफैँ बोकेर ल्याएका होटलवालाले बताए । मृत्यु भएकी किशोरीको शरीर भरीको कपडा रगतले मुछिएको स्थानीयले बताए । रातभरी बलात्कार गरेर मर्ने अवस्था भइसकेपछि बजारबाट मालाथिन नामक विष मुखमा आचार्यले हालिदिएको प्रहरीको अनुसन्धानले जनाएको छ । तिलागुफा नगरपालिका वडा नम्वर ५ का अध्यक्ष टिकाराम न्यौपानेलगायतका ९ जना जनप्रतिनिधि र कृत्तकका आफन्तले जिल्ला प्रशासन कार्यालय कालिकोट मार्फत नेपाल सरकारको ध्यानाकर्षणका लागि प्रजिअ मार्फत ज्ञापनपत्र बुझाएका छन्। 

प्रहरीले आचार्यलाई पक्राउ गरेको हो । शनिबार नै युवतीलाई थप उपचारको लागि दैलेख सदरमुकाम लैजाने क्रममा बाटोमै ज्यान गएको थियो । प्रहरीले चालक लक्ष्मीप्रसाद आचार्य र होटल सञ्चालक कृष्ण आलेमगरलाई पक्राउ गरिएको जनाएको छ । हत्या गरिएकी न्यौपानेका दाजु उपेन्द्र न्यौपानेले भने, ‘घटनाको प्रकृति हेर्दा सामूहिक बलात्कारपछि मर्ने अवस्थामा भएपछि मुखमा मालाथीन नामक विषादी हालेको छ । ’ यो घटनालाई आत्महत्या भनियो भनेर फैसला भए कडा आन्दोलन गर्ने उनले चेतावनी समेत दिए।
 

प्रकाशित: २२ भाद्र २०७४ १४:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App