१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्रेमको लागि दरवार छोड्दै जापानी राजकुमारी

टोकियो –जापानी राजकुमारी माकोले एक सामान्य युवकसँग विवाह गरी शाही सुख भोगलाई तिलान्जली दिने भएकी छिन् ।
उनले केही वर्ष अगाडी देखि कोमुर नाम गरेका एक युवकसँग प्रेम गर्दै आएकी थिईन् । लामो समय पश्चात्को प्रेमलाई उनले विवाहमा परिणत गर्ने भएकी हुन् ।
माकोमा हजुरबा अर्थात् सम्राटले उनीहरूको विवाहलाई अनुमती दिएपश्चात् उनले कोमिर सँग विवाह गरी शाही हैसियत गुमाउदै विवाह गर्ने  घोषणा गरेकी हुन् । सामान्य युवकसँगको विवाह पश्चात् उनले शाही  सदस्यको हैसियत गुमाउने छिन् ।
आफु कोमुरको सुर्य झैको मुस्कानबाट प्रभावित भएको उनले पत्रकार सम्मेलनमा बताइन् । कोमुरले भने माकोलाई एक चन्द्रमा हुन् भन्दै प्रशंसा गरेका थिए ।
आफ्नो प्रेमको तुलनामा शाही हैसियत कम मुल्यवान रहेको बताउने उनी भन्छिन्  कोमुरसँगको विवाह पश्चात् शाही हैसियत गुम्ने मलाई पहिले नै थाहा थियो । उनले थपिन् उक्त हैसियत गुमाउनु परेकोमा मलाई कुनै पनि पछुतो लाग्ने छैन ।
उच्च शिक्षाको अध्ययनका क्रममा उनीहरूबीच भएको भेट प्रेममा परिणत भएपछि दुवैले उक्त प्रेमलाई विवाहमा परिणत गर्ने कसम खाएका थिए । उनका प्रेमी एक कानुन व्यवसायी हुन् ।

 

 

प्रकाशित: १९ भाद्र २०७४ ०९:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App