१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण कोरियाले गर्‍यो लाइभ फायर अभ्यास

सिओल –  दक्षिण कोरियाले उत्तर कोरियाले गरेको मिसाईल परीक्षणको जवाफका लागि भन्दै लाइफ फायर अभ्यास गरेको छ।लाइभ फायर अभ्यासका क्रममा लडाकु विमानबाट रकेट र जमिनबाट व्यास्लेस्टिक मिसाईलको परीक्षण गरिएको थियो।

उत्तर कोरियाको मिसाईल परीक्षणलाई लिएर विश्व स्तरमा चिन्ता व्यक्त भइरहँदा दक्षिण कोरियाले सैन्य अभ्यास र परमाणु परीक्षणलाई निरन्तरता दिन थालेको हो।

उत्तर कोरियाको मिसाईल परीक्षणलाई लिएर विश्व स्तरमा चिन्ता व्यक्त भइरहँदा दक्षिण कोरियाले सैन्य अभ्यास र परमाणु परीक्षणलाई निरन्तरता दिन थालेको हो। आत्मरक्षा लागि दक्षिण कोरियाले यस्ता कार्यहरूको थालनी गरेको बताएको छ।

दक्षिण कोरिया र अमेरिकाले संयुक्त रूपमा समेत सैन्य तालिमको अभ्यास गर्न थालेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाको सैन्य क्षमता बढाउनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन्।

उत्तर कोरियाको कदमप्रति रूस र चीनले चिन्ता व्यक्त गरेका छन्। पछिल्ल्लो समय गरिएको  उत्तर कोरियाले गरेको मिसाईल परीक्षणले कोरियाली प्रायदिपमा ६ म्याग्निच्यूडको भूकम्पको धक्का महशुस भएको थियो।

भूकम्पीय धक्काको महशुस चीनमा पनि भएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ। गत साता उत्तर कोरियाले जापानको समुन्द्र सतहलाई निशाना बनाई मिसाईल परीक्षण गरेको थियो।
 

प्रकाशित: १९ भाद्र २०७४ ०७:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App