१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

महोत्तरीमा एक सय ३५ मतदानस्थल अतिसंवेदनशिल

महोत्तरी- असोज २ गते हुने स्थानीयतहको चुनावको लागि महोत्तरीको  १५ स्थानीय तहमा कायम रहेको दुई सय ५८ मतदानस्थल मध्ये एक सय ३५ मतदान केन्द्र सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशिल रहेका छन्।

जिल्ला सुरक्षा समिति महोत्तरी जिल्लाको सम्रग सुरक्षा अवस्थालाई विश्लेशन गर्दै सुरक्षाको दृष्टिकोणले यहाँको १ सय ३५ मतदान स्थल अतिसंवेदनशिल रहेको पाइएको प्रमुख निर्वाचन अधिकृत तथा न्यायाधीश किरण पोखरेलले बताए।

चुनाव लक्षित सुरक्षा व्यवस्था मजवुत पार्न जिल्लाको विभिन्न मतदान स्थललाई वर्गिकरण गरि सोहि अनुसारको सुरक्षा व्यवस्था मिलाइएको पोखरेलले जानकारी दिए।

यहाँका ९७ मतदानस्थल संदेशनशिल र २६ मतदान स्थल सामान्य अवस्थाको रहेको उनले बताए।

अति संवेदनशिल र संवेदनशिल मतदान स्थलको रुपमा वर्गिकरण गरिएको अधिकांश मतदान स्थल सिमावर्ती क्षेत्र नजिकको रहेका छन्।

खुल्ला सीमाको फाइदा उठाउँदै ती मतदानस्थलहरुमा हुन सक्ने अपराधिक गतिविधि र उच्छृखंल कार्य रोक्न विशेष सुरक्षा योजना अवलम्वन गरिएको हो।

अति संदेशनशिल र संवेदनशिल मतदान स्थलहरुमा सामान्य भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ भने चुनाव अगावै मोवाईल टोली परिचालन गर्नुका साथै रात्रि गस्ती समेत बढाइएको सुरक्षा समिति महोत्तरीले बताएको छ।

 

 

 

 

 

प्रकाशित: १९ भाद्र २०७४ ०६:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App