१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

तालमेल गरेर भए पनि प्रदेश दुईमा पहिलो बन्ने माओवादी रणनीति

वीरगंज- नेकपा माओवादी केन्द्रले वीरगन्जमा शनिवार आफ्नो सचिवालय बैठक सम्पन्न गरेको छ। पार्टीभित्र जिम्मेवारी बाँडफाड, संगठनात्मक गतिबिधीको ब्यवस्थापन र प्रदेश नम्बर २ मा स्थानीय तहको आसन्न निर्वाचनमा ठूलो पार्टी कसरी बनाउने भन्ने रणनीतिक बिषयहरुमा बैठकले छलफल गरेको पार्टीले जनाएको छ।

बैठकपछि पार्टीका केन्द्रीय नेताहरुको उपस्थितमा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले पार्टीलाई यस स्थानीय तहको निर्वाचनमार्फत प्रदेशको सबभन्दा ठूलो दल बनाउने किसिमले अघि बढ्ने बताए। उनले यसमा सफलता पाउने आफुले विश्वास लिएको जनाए । ‘यसको लागि संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर सबैसंग तालमेल हुन सक्छ र हाम्रो पार्टी यस प्रदेशमा सबभन्दा ठूलो पार्टी हुनेछ,’ दहालले भने, ‘प्रदेश र संसदको निर्वाचन एकै पटक हुने अहिले मिति तोकिएको छ, मौसमको कारण मात्र मिति केही तलमाथी परेको छ, एमाले सरकारमा हुँदादेखि नै हामीले भन्दै आएको कुरा हो यो, हाम्रो लागि खुशीको कुरा पनि हो । ति चुनावहरुको मिति तोकिसक्नु देशको लागि महत्वपुर्ण छ।’

दाहालले माओवादी संविधान संशोधनको पक्षधर रहेको बताए । प्रधानमन्त्रीले भारतमा संविधान संशोधनको विषय बोल्न नहुने थियो भनी दहालले टिप्पणी गरे । बाढी पीडित जनताका लागि आफुहरुले राहत बाँड्दै आएको र त्यसता क्षेत्रलाई संकटग्रस्त घोषणा गरेर सरकारमार्फत काम गर्ने कि प्राधिकरण बनाएर जिम्मा दिने भन्ने बिषयमा आफुले प्रधानमन्त्रीसंग छलफल गर्ने उनले बताए।

बैठकपछिको पत्रकार सम्मेलनमा पार्टीका नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा, अमिक शेरचन, जनार्दन शर्मा, बर्षमान पुन, अग्नी सापकोटा, प्रभु साह, दिनानाथ शर्मा, उर्मिला अर्याल, देव गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

माओवादी केन्द्रमा आएका बिभिन्न नेताहरुलाई पार्टीभित्र कसरी ठाउँ दिने भन्ने बिषयमा बैठकमा छलफल भएको सचिवालय सदस्य उर्मिला अर्यालले नागरिकसंग बताइन् । अहिले नेताहरुलाई ठाउँ दिनका लागि माओवादी केन्द्रको सचिवालयको आकार बढाउन लागिएको छ । पार्टीले हेर्ड क्यार्टर भन्दै आएको प्रमुख संरचनालाई अहिले सचिवालयमा नै राखेर बिस्तार गर्न लागिएको नेता अर्यालले बताइन्।

उनका अनुसार माओवादीको केन्द्रीय सचिवालय सदस्यहरुको संख्या सय नाघ्ने भएको छ । पार्टीले प्रदेश दुईका लगभग धेरै ठाउँको स्थानीय तहका उम्मेदवारहरुको टुँगो लगाई सकेको माओवादी केन्द्रका नेताहरुले बताए । केही ठाउँमा मात्र उम्मेदवार टुँग्याउन बाँकी रहेको उनीहरुले जानकारी दिए।

प्रकाशित: १७ भाद्र २०७४ १४:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App