न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग वार्ताको सीमा नाघिसकेको बताउँदै सिधै कार्वाहीको आवश्यकता रहको बताएका छन्।राष्ट्रपति ट्रम्पले एक ट्विट गर्दै उत्तर कोरियाको गतिविधिमा वार्ता नभई सीधै सैन्य कार्वाहीको आवश्यकता रहेको बताए।
चीन विदेश मन्त्रालयका प्रवक्ता हुआ छुनइंगका अनुसार उत्तर कोरिया आफैँले उसको मिसाईल परीक्षणको गतिविधिमाथि समाधान खोज्नुपर्ने बताए। उनले चीनले उत्तर कोरियाको मिसाईल परीक्षणको गतिविधिमा निष्पक्ष भूमीका निर्वाह गर्दे समाधान गर्न खोजेको उल्लेख गरे।
गत मंगलबार बिहान उत्तर कोरियाले परीक्षण गरेको मिसाईल जापानको समुन्द्र सतहमा खसेको थियो। मिसाईल जापानको उत्तरी क्षेत्रमा पर्ने टापु हकाइदोको करिब ३००० किलोमिटरको उचाई लिदै जापानको समुद्रमा खसेको थियो।
जापानका प्रधानमन्त्री शिन्जो आबेले उत्तर कोरियाको यस गतिविधिमा चर्काे निन्दा गर्दै तत्कालै संयुक्त राष्ट्रसंघको आकस्मिक बैठकको लागि आह्वान गरेका थिए।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउने तयारी गरेको छ। उत्तर कोरियाले गरेको मिसाईल परीक्षण जापानी आकाशमा ८ वर्ष पछि पहिलो पटक हो। उत्तर कोरियाले अन्तर महादेशीय व्यालेस्टिक मिसाईल सफल रूपमा परीक्षण गरिसकेको छ।
प्रकाशित: १६ भाद्र २०७४ ०८:१२ शुक्रबार