२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

युएम बाइकको ‘खरिदमा छुट पक्का बम्परमा छुट्टी पक्का’

काठमाडौं– नेपालका लागि युएम बाइकको अधिकारिक बिक्रेता आइएमई अटोमोटिभस प्रालिले ‘खरिदमा छुट पक्का बम्परमा छुट्टी पक्का’ नामक योजना ल्याएको छ । योजना अन्तर्गत पक्का नगद छुट र लक्की ड्रमार्फत कुनै एक भाग्यशाली ग्राहकलाई सिंगापुर टुर बम्पर उपहारस्वरुप दिइने कम्पनीले जनाएको छ ।
युएम बाइकको कुनै पनि मोडेल खरिदमा ग्राहकलाई १२ हजारसम्म पक्का छुट र लक्की ड्रमार्फत कुनै एक भाग्यशालीलाई सिंगापुर टुर प्याकेज दिइने छ । यो योजनाको अवधि १३ भदौदेखि १३ कात्तिकसम्म तोकिएको कम्पनीले जनाएको छ ।
भृकुटीमण्डपमा जारी नाडा अटो सोमा युएम बाइक पनि सहभागी छ । आइएमई अटोमोटिभ्स प्रालिले राष्ट्रिय नाचघर, जमलमा रहेको सोरुमबाट आफ्नो सम्पूर्ण कार्य सञ्चालन गर्दै आएको र डिलरसिप नेटवर्क देशको विभिन्न ठूला सहरमा पुगेको कम्पनीले जनाएको छ ।

प्रकाशित: १४ भाद्र २०७४ ०४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App