१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरियाली मिसाईल जापानी आकाशमा विस्फोट

टोकियो – मंगलबार बिहान उत्तर कोरियाले परीक्षण गरेको मिसाईल विस्फोट भई जापानको समुन्द्र सतहमा खसेको छ। उक्त मिसाईल जापानको उत्तरी क्षेत्रमा पर्ने टापु हकाइदोको करिब ३००० किलोमिटरको उचाई सम्म पुगेर समुन्द्रमा खसेको थियो।

उत्तर कोरियाले परीक्षण गरेको मिसाईल जापानको आकाशमा पुग्नु अगावै जापानीहरूलाई सजग गराउने साइरन बजेकाले उनीहरू त्यसको खतराबारे पूर्व जानकार थिए। जापानका प्रधानमन्त्री शिन्जो आबेले उत्तर कोरियाको यस गतिविधिमा चर्को निन्दा गर्दै सरकार सदैव नागरिक सुरक्षाको पक्षमा प्रयासरत रहेको बताए।

जापानी अधिकारीहरूले उत्तर कोरियाको गैर जिम्मेवारपूर्ण गतिविधिमाथि जापानले उपयुक्त कदम चाल्ने बताएका छन्।

उत्तर कोरियाले गरेको मिसाईल परीक्षण जापानी आकाशमा पुगेको पछिल्लो ८ वर्षमा यो पहिलो पटक हो । यसले जापानीहरूमा उत्तर कोरिया प्रति  क्रोध र भयको वातावरण सृजना गरेको छ।

उत्तर कोरियाले केही दिनअघि मात्रै अमेरिका माथि मार हान्न सक्ने अन्तरमहादेशीय व्यालेस्टिक मिसाईल सफल रूपमा परीक्षण गरिसकेको छ।

रूसले पनि अमेरिकी सैनिक अखडा गुआमलाई निशाना बनाएर मार हान्ने योजना बनाउने भएको छ। उत्तर कोरियाले गत हप्ता मात्रै ३ साना मिसाईल परीक्षण गरेको थियो ।

प्रकाशित: १३ भाद्र २०७४ ०८:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App