१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जिहादीको आक्रमणमा ३४ सैनिकको मृत्यु

बेरुत – सिरियाको राका प्रान्तमा इस्लामिक स्टेट्स (आइएस) ले गरेको हमलामा परी कम्तीमा ३४ सिरियाली सैनिक र सरकार आवद्ध लडाकूको मृत्यु भएको मानवअधिकारवादीले जानकारी दिएका छन्। 

राका प्रान्तमा बिहीबार भएको भीषण झडपको क्रममा सरकारी बलले नियन्त्रणमा लिई सकेको क्षेत्रहरु पुनःजिहादीहरुले कब्जामा लिएका सिरियन अब्जरभेटरी फर ह्युमान राइट्सले जनाएको छ। 

यसै महिनाको सुरुमा नै सरकारी सैनिक र सरकारसँग आवद्ध लडाकू मदान सहरको बाहिरी इलाकामा पुगेका थिए । राका प्रान्तको पूर्वीतर्फ पर्ने यो सहर आइएसको बलियो प्रभाव रहेको थियो। 

आइएस आतङ्ककारी समूहले मदान सहरको पश्चिममा पर्ने बाहिरी इलाकाको ३० किलोमिटर परसम्म सुरक्षा बललाई लखेटेका थिए। 

रसियाको समर्थनमा आइएस आतङ्ककारी विरुद्ध कारबाही चलाउँदै आएका सिरियाली सुरक्षाबलले प्रान्तीय राजधानी राका सहरमा भने छुट्टै लडाई जारी राखेका छन्। 

जिहादी समूहको बलियो प्रभाव रहेको सिरियाली, सहरहरुमध्य एक यस सहरबाट आइएस आतङ्ककारीलाई निकाल्नको लागि सिरियन डेमोक्रयाटीक फोसेस (एसडिएफ) र अमेरिकाआवद्ध कुदिस र अरब लडाकूहरुको प्रयास जारी रहेको छ। 

गत जुनमा सो सहरमा प्रवेश गरेका एसडिएफले जिहादीविरुद्ध जारी राखेको केही महिनाको कारबाहीपछि राका सहर ६० प्रतिशत कब्जामा लिइसकेका थिए। 

सिरियामा सन् २०११ को मार्च महिनाबाट सरकारी विरोधी आन्दोलन सुरु भएको थियो। 

सोही आन्दोलन कारक हुँदै अहिलेसम्म जारी द्वन्द्वमा परी तीन लाख ३० हजारभन्दा बढीको मृत्यु भएको छ। 

त्यसैगरी यस आन्दोलनमा लाखौँ घाइते भएका छन् भने, लाखौंले घरभित्र र छिमेकी देशमा शरणार्थी जीवन विताउन बाध्य रहेका छन । 

प्रकाशित: ९ भाद्र २०७४ ०९:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App