हामी सबै ‘पाप’को परिणाम ?

शुक्रबार, ०९ भदौ २०७४, १३ : ३१ डा. अरुणा उप्रेती

“महिलाहरूको महिनावारी पाप हो र यो बेलामा महिलाले कुनै वस्तु  छोएको पाप पखाल्न पञ्चमीको व्रत बस्नुपर्छ” भनेर सानैदेखि सिकाइएकाले होला, हिन्दु महिलाहरू पण्डितजीको भयका कारणले पञ्चमीको व्रत बस्छन् । यदि महिनावारी हुनु भनेको पाप हो भने त त्यही महिनावारीको रगतका कारणले जन्मेका हामी सबै के हौँ त, पापी ? यो प्रश्न मैले आफूसँग सायद १२ वर्षको उमेरमा गरेकी थिएँ कि क्या हो ! मैले कहिल्यै पनि महिनावारीलाई पापका रूपमा हेरिनँ । नजानेरै एउटा क्रान्ति नै गरेकी थिएँ रहेछु ।

धर्मको गलत व्याख्या गरेर प्राकृतिक कुरालाई अपवित्रताको ‘ट्याग’ लगाएर यही धर्मप्रति अनास्था त धर्मगुरुहरू स्वयं फैलाउँदै हुनुहुन्छ ।

१२ वर्षको उमेरमा म पहिलोचोटि महिनावारी हुँदा, भोलिपल्ट घटस्थापना थियो । यदि मैले महिनावारी भएको कुरा थाहा दिएँ भने आमाले १२ दिनसम्म अँध्यारो कोठामा राखिदिनुहुनेछ, अनि दसैँमा मीठो खाने, नयाँ लुगा लगाउने, दक्षिणा पाएर अनेक चिज किन्ने, तास खेल्ने, चंगा उडाउने सबै कुरा हराउँछन् भन्ने डरले मैले भन्दै भनिनँ । भोलिपल्ट घटस्थापनामा पशुपति गइयो । दसैँभरि रमाइलो गरियो ।

महिनावारी हुँदा मन्दिर जानुहुँदैन भन्ने मान्यता चिर्न मलाई केले साहस दियो, थाहा छैन ।  तर अहिले सम्झँदा चाहिँ अचम्म लाग्छ । कसरी मैले महिनावारीलाई व्यवस्थापन गरेँ भनेर । त्यो बेलामा अहिले जस्तो प्याड पनि थिएन । घरमा कसैलाई नभनेकाले पुराना सुतीका कपडा कहाँबाट ल्याएँ होला, अहिले याद छैन । तर राम्रोसँग महिनावारी व्यवस्थापन चाहिँ गरेकी थिएँ ।

पाप पखाल्नलाई ऋषि पञ्चमीको व्रत मैले कति जन्मसम्म बस्नुपर्ने हो मलाई कुन धर्मगुरुले भनिदिनु होला ? यदि साँची नै रजस्वला हँुदा भगवान्को मन्दिर छोएर रोग लाग्ने भए त मलाई कति धेरै रोग लागिसक्थ्योे होला ?

यदि दूषित किटाणु रजस्वलाको रगतमा हुन्छ भने त्यही रजबाट सृजित पण्डितजी पनि दूषित हुने हो कि ? त्यही पाठ पण्डितजीले ऋषिपञ्चमीको व्रत लिने महिलालाई भन्छन् र पढलेखेका वैज्ञानिक महिलासमेत आफूलाई ‘पापी’ मानेर पञ्चमीको व्रत लिएर “शुद्ध हुन्छन्” । के साँच्ची नै महिलाले आफूलाई महिनावारी हँुदा पाप गरेको भन्ठाछन् ?

हिन्दू संस्कृतिभित्र महिलाको पाप पखाल्न ऋषिपञ्चमीको व्रत लिन लगाउने पण्डितजीले पुरुषको पाप पखाल्न के व्रत लिने सल्लाह दिन्छन् होला ? फेरि कस्तो अचम्म छ, महिनावारीको बेलामा छोएको पाप केवल हिन्दू महिलालाई मात्र किन लाग्ने होला ? हिन्दू महिलालाई रजस्वला हुँदा छोएको पाप पखाल्नुपर्ने तर अन्य धर्मका महिलालाई नपर्ने ? नेपालका पनि तामाङ, गुरुङ, शेर्पा, मगर, माझी जस्ता समुदायका महिलाहरूको रजस्वला हुँदा चाहिँ पाप नलाग्ने ? उनीहरूले ऋषिपञ्चमीको व्रर्त बस्नुनपर्ने ?

कामाक्षा मन्दिरकी देवी पनि असारमा रजस्वला हुन्छिन् भन्ने मान्यता छ । त्यस बेलामा उनले प्रयोग गरेको कपडा चाहिँ अति शुभ मानेर भक्तजनले लैजान्छन रे । कामाक्षा  नै महिनावारी हँुदा चाहिँ पण्डितजीको भनाइअनुसार मन्दिर अपवित्र भएन त भनेर प्रश्न गर्ने बेला भएन र ?

ऋषिपञ्चमीमा व्रत बसेर सहरका महिलाले पाप पखाल्नुपर्छ, महिनावारी हँुदा महिलाहरू छाउगोठमा बस्नुपर्छ भने मानसिकता एउटै हो । छाउपडी बस्न अब कानुनले नै रोक लगाएको छ । तर ऋषिपञ्चमीमा महिलालाई बिदा दिने चलनले के देखाउँछ भने कानुनले पनि महिलालाई यो दिनमा व्रत बस्नुपर्छ भन्छ । हिन्दू महिलाहरूले हामी त्यही विश्वासलाई मानेर ऋषिपञ्चमीमा ‘पाप’ पखाल्ने ?

यदि ‘रजस्वला’ हुँदाकी कुनै महिला डाक्टरले धर्मगुरुलाई जाँच गरिन्, उनको छातीमा के समस्या छ भनेर सुनिन्, पेट जाँचिन् भने ती महिलालाई पाप लाग्ने हो भने त धर्मगुरुहरूले प्रत्येक महिला स्वास्थ्यकर्मीसँग सोध्नुप¥यो, ‘तिमी रजस्वला भएकी छौ कि ? छैनौ भने मात्र मलाई जाँच ।’

धर्मको गलत व्याख्या गरेर प्राकृतिक कुरालाई अपवित्रताको ‘ट्याग’ लगाएर यही धर्मप्रति अनास्था त धर्मगुरुहरू स्वयं फैलाउँदै हुनुहुन्छ । १४ वर्ष वनबास बस्दा सीताले ऋषिपञ्चमीको व्रत लिएर ‘पाप’ पखालेको कथा कतै पढिएको छैन । न त द्रौपदीले १२ वर्ष वनबास, एक वर्ष गुप्तवास बस्दा ‘छुई’ भएर बसेको र पाण्डवहरूले उनलाई भिन्दै कोठामा राखेका कथा सुनिन्छ । त्यो बेलामा कि उनीहरूले कुनै औषधि खाएर महिनावारी सुकाएका थिए ?

ऋषिपञ्चमीलाई पाप पखाल्ने पर्व नमानेर ‘स्वच्छताको पर्व’ भनेर मनाइयो भने सायद संस्कृतिको रूपान्तरण सकारात्मक ढंगबाट हुन्थ्यो होला । किशोरीलाई महिनावारी हुँदा कसरी स्वच्छ रहने, महिनावारी हुँदा पर्ने साधारण समस्या कसरी समाधान गर्ने भन्नेबारे ऋषिपञ्चमीको दिन छलफल चलाउन सकियो भने संस्कृतिले साँच्ची सकारात्मक सन्देश फैलाउनेछ । मैले त प्रत्येक समुदायमा, स्कुलमा, आमा समूहमा भन्ने गरेकी छु– तपाईंहरू यदि ऋषिपञ्चमीको व्रत बस्नुहुन्छ भने आफैंलाई अपमानित गर्दै हुनुहुन्छ । ऋषिपञ्चमीलाई स्वास्थ्य ज्ञान बाँड्ने पर्व बनाऔँ न कि ‘पाप’ पखाल्ने पर्व ?








यसमा तपाईको मत

अन्य समाचार

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

एनसेलको दशैं अफर

एनसेलको दशैं अफर

एनसेल प्रा.लि.ले आफ्ना ग्राहकहरुका लागि दशैं अफर ल्याएको छ । ...

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

रेमिट कम्पनी वेस्टर्न युनियनले नेपालमा सेप्टेम्बर १८ देखि नोभेम्बर १६सम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत नगद पुरस्कार जित्न सक्ने...

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकले एकै दिन सात शाखा उद्घाटन गरेको छ । ...

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बैंकको साना तथा लघुबैंकिङ कार्यालय बूढीबजारमा सदस्य रहेका विष्णुमाया बरालको मृत्यु भएकोले निजले उपभोग...

फोर्ड र महिन्द्रा सहकार्यमा

फोर्ड र महिन्द्रा सहकार्यमा

फोर्ड मोटर कम्पनी र महिन्द्रा एन्ड महिन्द्रा कम्पनीले संयुक्त रुपमा काम गर्ने गरी सम्झौतामा हस्ताक्षर गरेका छन् । ...

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी ए५०एस प्रस्तुत गरेको छ। नयाँ ग्योलेक्सी ए५०एसमा अझै धेरै नवीनतम एवं आकर्षक विशेषताहरु समेटिएको...

Ncell Footer Ad