१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रसियामा छुरी प्रहारबाट आठ घाइते

मस्को – रसियाको दुर्गम उत्तरी सहरमा भएको एक छुरी आक्रमणमा परी कम्तीमा आठ व्यक्ति घाइते भएका छन्। 

एक व्यक्तिले आठ जना व्यक्तिलाई छुरी प्रहार गरेको बताइएको छ । सो आक्रमणपछि प्रहरीले ती व्यक्तिलाइ कारबाहीको क्रममा गोली प्रहार गरेको बताइएको छ । 

आक्रमणकारी आफ्नो छेउबाट हिडीरहेका व्यक्तिहरुलाई चक्कु प्रहार गरेका अनुसन्धानकर्ताहरुले शनिबार जानकारी दिएको छ यो एक भीषण आक्रमण भएको रसियाको अनुसन्धान विभागले जानकारी दिएको छ। 

सहरको मध्य भागमा रहेको मुख्य सडकमा स्थानीय समय अनुसार विहान ११ः३० मा घटना भएको अधिकारीहरुले जनाएका छन् । घटनास्थल मोस्को देखि २१ सय किलोमिटर उत्तर तर्फ रहेको छ । 

घटनामा घाइते भएका मध्ये २ जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था स्थीर रहेको प्रान्तीय सरकारका अधिकारीहरुले बताएका छन्। उनीहरुले जारी गरेको वक्तव्यमा आक्रमणकारीहरुको पहिचान हुन नसक्ने उल्लेख गरिएको छ।

प्रकाशित: ३ भाद्र २०७४ १३:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App