१५ वैशाख २०८१ शनिबार
image/svg+xml
फोटो फिचर

‘राइड काष्ठमण्डप टु खोकना (फोटो फिचर)

काठमाडौं – उपत्यकाका दुई पुराना नेवार बस्ती खोकना र बुङमतीको पर्यटन प्रवर्धनमा सहयोग पुर्‍याउन शनिबार साइक्लिङ भएको छ। 

कन्सेप्ट नेपाल र खोकना पुनःनिर्माण तथा पुनःस्थापना समितिले ‘राइड काष्ठमण्डप टु खोकना’को तेस्रो संस्करण आयोजना गरेको हो । 
  
नेपाल पर्यटन बोर्डका सिइओ दिपकराज जोशीले काष्ठमण्डपमा साइकल चलाएर साइक्लिङ शुभारम्भ गरेका थिए। भुइँचालोबाट क्षतिग्रस्त तीनवटा सम्पदा काष्ठमण्डप, बुङमती र खोकनालाई यो साइक्लिङले जोड्छ। काष्ठमण्डपबाट सुरु भएर बल्खु, चोभार, बुङमती हुँदै खोकनासम्म करिब २० किलोमिटर साइक्लिङमा सय भन्दा बढी साइकले सहभागी भए।     

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App