१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

खोलाले बगाएर नाति–बजैको मृत्यु

उदयपुर – निरन्तर वर्षाको बाढीले बगाएर यहाँका नाति–बजैको मृत्यु भएको छ । जिल्लाको पहाडी रौतामाई गाउँपालिका ६ स्थित हुल्मा खोलाले बगाएर सोही वडाका ५२ वर्षीया कर्णमाया मगर र नाम खुल्न नसकेको ८ वर्षीय उनकै नातिको मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार नाति–बजु दुवैजना २९ गतेको स्थानीय चिसापानी हटिया बजार भर्न गएका थिए । घर नजिकैको बजार गएका उनीहरु नफर्केपछि खोज्दै जाने क्रममा ३ दिनपछि उनीहरु हुल्मा खोलामा गाउँलेले मृत अवस्थामा फेला पारेका थिए । मंगलबार दिउँसो भेटिएका उनीहरू सडकभन्दा २ सय मिटर तल फेला परेकाले हुल्मा खोलाले बगाएर ज्यान लिएको हुनसक्ने प्रहरी निरीक्षक देवीप्रसाद फागोले बताए । 

गाउँलेको खवर अनुसार त्रियुगा नगरपालिका १४ साउनेस्थित प्रहरी चौकीबाट खटाएर लास निकालिएको छ । साउनेको टोलीसँगै जिल्ला प्रहरीबाट गएको नायव निरीक्षक कमाण्डको टोलीले घट्नास्थलको प्रकृति मुचुल्कासमेत गरेर दुवै लासलाई पोष्टमार्टम गर्न सदरमुकामस्थित उदयपुर अस्पताल ल्याएको छ । उनीहरूको पोष्टमार्टमपछि आफन्तलाई जिम्मा दिने तयारी भइरहेको प्रहरी निरीक्षक फागोले बताएका छन् ।  

प्रकाशित: ३२ श्रावण २०७४ १०:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App