१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सियोर लियोनमा पहिरोबाट ज्यान गुमाउनेहरूको संख्या ४०० पुग्यो

फ्रिटाउन–अफ्रिका महादेशमा पर्ने सियोर लियोनमा पहिरोबाट ज्यान गुमाउनेहरूको संख्या ४०० पुगेको छ भने ६ सयको अवस्था अझै अज्ञात रहेको छ । 

राजधानी फ्रिटाउन नजिकै गएको पहिरोका कारण करिब ५० प्रतिशत घरहरू पूर्णरुपमा क्षतिग्रस्त हुदाँ ४०० जनाको मृत्यु भएको हो  । सोमबार  साँझ राजधानी फ्रिटाउन नजिकै पहिरो गएको थियो । भयानक पहिरोका कारण उद्धार कार्य जटिल बनेको छ । 

पहिरोका कारण भयानक अवस्था सृजना भएपश्चात् राष्ट्रपति अर्नेस्ट बाई कोरमाले मुलुकलाई संकटग्रस्त क्षेत्र घोषणा गरेका छन् । उनले बेपत्ताहरूको खोजी तथा उद्धार कार्यका लागि विश्व समुदायमा सहयोगको अपिल गरेका छन् । पहिरोका कारण भौतिक संरचना पूर्णरूपमा नष्ट भएकाले  उद्धार कार्य ज्यादै कठिन भएको उनको दाबी छ । 

पहिरोका कारण विस्थापितहरूमा राहत वितरण कार्य भइरहेको छ । अन्र्तराष्ट्रिय संस्था रेडक्रसले पनि राहत वितरण तथा विस्थापितहरूको पुनस्थापनाको कार्य गरिरहेको छ भने अज्ञातहरूको खोजीका लागि संयुक्त राष्ट्रसंघले समेत प्रतिनिधिहरू पठाएको छ ।

प्रकाशित: ३२ श्रावण २०७४ ०९:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App