१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सोलु जिससमा एमाले माओवादी गठबन्धन निर्विरोध

सोलुखुम्बु- सोलुखुम्बु जिल्लाको जिल्ला समन्वय समितिमा नेकपा एमाले र माओवादी केन्द्र गठबन्धन निर्विरोध निर्वाचित बनेको छ। माओवादी र एमालेले तालमेल गरेपछि निर्विरोध समन्वय समितीको प्रमुखमा एमाले र माओवादी केन्द्रको गठबन्धनवाट एमालेका वीर कुमार राई निर्विरोध निर्वाचित भएका हुन्। उपप्रमुखमा माओवादी केन्द्रका धर्मराज बन चयन भएका छन्।

समितिमा खुल्ला सदस्यहरुमा मोहनकृष्ण बस्नेत, रामकाजी राई र मान बहादुर श्रेष्ठ निर्वाचित भएका हुन्। महिला सदस्यहरुमा दाडोमा शेर्पा, डोल्मा शेर्पा र राम कुमारी राई रहेका छन् भने, दलित तथा अल्पसंख्यक सदस्यमा चरित्र बहादुर भूजेल निर्वाचित भएका छन्। एमाले–माओवादी तालमेल अनुसार प्रमुख सहित ५ सदस्य एमालेलाई र उपप्रमुख सहित २ सदस्य माओवादीलाई दिने सहमती भएको थियो तर माओबादीका तर्फवाट एक सदस्यको ढिलाईको कारण एमालेलाई एक सदस्य थप भएको थियो । एमाले–माओवादीको तालमेल भएपछि नेपाली कांग्रेसका तर्फवाट कुनै पनि पदमा उम्मेद्धारीको मनोनयन दर्ता गरिएको थिएन। सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा जिल्ला न्यायाधीश प्रकाशचन्द्र अधिकारीले स्थानीय, प्रदेश र केन्द्रसंग समन्वयात्मक भूमिकामा सफल रहन शुभकामना दिए।

 

प्रकाशित: ३१ श्रावण २०७४ ११:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App