१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लागुऔषध गाँजा र अफिमसहित २ जना पक्राउ

हेटौंडा- अबैध लागूऔषध गाँजा र अफिमसहित २ जनालाई मकवानपुर प्रहरीले ग्राहक बनेर पक्राउ गरेको छ। २२ किलो ५ सय ग्राम गाँजा र १ किलो २ सय ग्राम अफिमसहित उनीहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

भिमफेदी गाउँपालिका ९ बस्ने २९ बर्षिय खड्गबहादुर मोक्तान र सोही स्थानका २८ बर्षिय सुदिप लामालाई मोटरसाईकलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालले बताए।

लागुऔषध कारोबार हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा प्रहरी चौकी भैंसेबाट खटिएको संयुक्त चेकिङ टोलीले सोमबार बिहान ४ बजे पक्राउ गरेको हो। भिमफेदी गाउँपालिका ९, कासघारीस्थित सडकमा नामटारबाट हेटौंडातर्फ आउदै गरेको ना. १६ प. ६५५२ नम्बरको मोटरसाईकल रोकी जाँच गर्दा गाँजा र अफिम फेला परेको थियो।

खड्गबहादुर मोक्तानले बोकेको कालो झोलामा गाँजा ८ किलो ३ सय ग्राम र रातो कालो झोलामा गाँजा ७ किलो १ सय २० ग्राम र सोही मोटरसाईकलमा सवार सुदीप लामाले बोकेको कालो झोलामा गाँजा ७ किलो १ सय ग्राम तथा पहेंलो प्लाष्टिकको डिब्बामा अफिम १ किलो २ सय ग्राम फेला परेको प्रहरी उपरिक्षक खनालले जनाए ।

गाँजा, अफिम र मोटरसाईकलसहित पक्राउ गरी उनीहरुलाई मकवानपुर जिल्ला अदालतबाट म्याद थपी अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार १ सय ग्राम भन्दाबढि लागुऔषध अफिमसहित पक्राउ परेमा कम्तिमा १५ वर्ष कैद वा कम्तीमा पाँच लाख रुपैयाँ जरिवाना हुने कानूनी ब्यवस्था छ । १० किलो लागुऔषध गाँजासहित पक्राउ परेमा २ देखि १० वर्षसम्म कैद सजायँ हुने कानूनी ब्यवस्था छ।

प्रकाशित: ३० श्रावण २०७४ १३:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App