१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बुर्किना फासोकाे एक रेष्टुरेन्टमा आतंककारी हमला, १७ को मृत्यु

बुर्किना फासो – बुर्किना फासोको एक रेष्टुरेन्टमा आतंककारी हमलामा हुँदा १७ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । 

तीन जनाको समूहमा आएका बन्दुकधारीहरूले  रेष्टुरेन्टमा हमला गराएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । बुर्किना फासोमा रहेको अजिज रेष्टुरेन्ट एकदमै व्यक्त अवस्थामा रहेको बेला उक्त हमला गराइएको हो । हमला गराउनेमा संलग्नहरूको संख्या अझै पनि यकिन हुन नसकेको रेष्टुरेन्ट संञ्चालकले बताएका छन् । 

सरकारले उक्त हमलाको निन्दा गर्दै हमलामा परी १७ जना मारिएकोमा एक टर्किस नागरिक भएको समेत खुलाएको छ । टर्किस नागरिकको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो। 

सन् २०१६ मा पनि बुर्किना फासोमा भएको हमलामा परी ३० जनाको मृत्यु भएको थियो भने १३० जना घाइते भएका थिए । 

प्रकाशित: ३० श्रावण २०७४ ०७:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App