१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पाँचथरमा बेपत्ता बनेका तीन अझै अज्ञात, ५० परिवार विस्तापित

पाँचथर- बाढी-पहिरोका कारण पाँचथरको जनजीवन कष्टकर बनेको छ। अविरल बर्षाका कारण बाढी, पहिरोले वितण्डा मञ्चाएको छ। फालेलुङ–३ मा निवाखोला लद्यु जलविद्युत आयोजनासँगै पहिरोले बगाएर बेपत्ता भएका तीन जना जिवितै उद्वार हुने सम्भावना घट्दै गएको छ। पहिरो र निरन्तरको पानीका कारण उनीहरुको खोजी कार्य जटिल बेनेको छ।

फालेलुङ गाँउपालिकाका विभिन्न ठाँउमा पचास परिवार विस्तापित भएका छन्। यहाँका खोलाघारी, माङलेवुङ, विकटेका स्थानिय विस्तापित भएका छन्। यी गाँउनै पहिरोको जोखिममा परेका छन्। खोलाघारीका ४१ परिवारका १८५ जना विस्तापित छन्।

विस्तापित भएकाहरुको अवस्था निक्कै कष्टकर रहेको वार्ड अध्यक्ष सूर्य थाम्सुहाङले जानकारी दिए। सडक अवरुद्ध तथा सदरमुकामदेखि निक्कै टाढा भएकाले राहत पुर्‍याउन कठिन भएको छ। बोकेरै राहत पठाउने प्रयास भइरहेको नेपाली सेनाको भैरवि दलका गणपति शिवराज पन्तले जानकारी दिए। राहतका लागि हेलिकप्टर झिकाउने प्रयास गरिए पनि मौसमले साथ नदिएको उनले बताए।

सयौं ठाँउमा पहिरो खसेको छ। मध्यपहाडी लोकमार्ग, मेची राजमार्ग अवरुद्ध बन्न पुगेकेा छ। बाढी, पहिरोले ठूलो क्षति गरेको प्रमुख जिल्ला अधिकारी विनोद कुमार खडकाले जानकारी दिए। राहत संकलनका काम भइरहेको उनले बताए। विभिन्न ठाँउमा घरहरु भत्काएको छ।

मेची राजमार्गको भारपामा पहिरो झरेको छ। पहिरो हटाउने प्रयास भइरहेको छ। यस्तै मध्यपहाडी लोकमार्ग दुई दिन देखि अवरुद्ध छ। गाँउजोड्ने सडक अवरुद्ध छ। विद्युत, टेलिफोन सेवा अवरुद्ध छ।

प्रकाशित: २९ श्रावण २०७४ ०५:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App