१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

फेसबुक ग्रुपको अगुवाइमा डा.केसीको पक्षमा रिले अनसन (भिडियो)

माइतीघरको रिले अनसनका सहभागी। तस्विरः प्रबिन

काठमाडौं— चिकित्सा शिक्षा सुधार माग राखेर  डा.गोविन्द केसीले आमरण अनसन सुरु गरेको १८ दिन भयो। उनको समर्थनमा चिकित्सा क्षेत्रका विभिन्न संघसंस्था आन्दोलित छन्। माइतीघर मण्डलामा युवाको एउटा समूह डा.केसीका मागमा ऐक्यबद्धता जनाउँदै १३ दिनदेखि फरक आन्दोलन चलाइरहेको छ। फेसबुकको एउटा ग्रुपको अगुवाइमा त्यहाँ रिले अनसन जारी छ।

फेसबुकको मेन्स रुम रिलोडेड (एमआरआर) ग्रुपको आयोजनामा भइरहेको यो रिले अनसनको मुख्य माग एउटै छ, 'डा.केसीका माग पूरा गराउने।' फेसबुकबाट सामाजिक काम गर्दै आएको यो समूहको मौलिकता के छ भने अनसनमा सहभागी सबै युवा छन्। बिहीबार अनसन स्थल माइतीघर मण्डला पुग्दा त्यहाँ करिब ४० युवा अनसनमा भेटिए।

डा.केसीले उठाएका मुद्दा सिधै जनतासँग जोडिएका छन्। गाउँगाउँमा अस्पताल पुर्‍याउने त्यो उद्देश्यमा सघाउन अाएको हुँ', उनले भने।

'डा.केसी अनसनमा बसेको आज १८ औं दिन भयो। आजसम्म सरकारले उहाँले उठाएका माग सम्बोधन गर्न प्रभावकारी वार्ता थालेको छैन', एमआरआर संयोजक विक्रम केसीले नागरिकन्युजसँग भने, 'हामी कुनै राजनीतिक समूह होइनौं। यो राजनीतिक कार्यक्रम पनि होइन। डा.केसीले उठाएका मुद्दा ३ करोड नेपालीका हुन्। त्यसकै समर्थनमा हामी रिले अनसनमा उत्रिएका हौं।'

तीन सिफ्टमा भइरहेको रिले अनसनमा सहभागी हुन उनीहरुले फेसबुकबाटै आह्वान गर्ने गरेका छन्। माइतीघरमा बिहान ६ देखि दिउँसो १, १ देखि साँझ ७ र ७ देखि बिहान ७ बजेसम्म तीन सिफ्टमा रिलेअनसन हुन्छ। फेसबुककै अन्य ग्रुपका सदस्यहरुले पनि अनसनलाई साथ दिइहेका छन्।

फेसबुककै उमन्स रुम रिलोडेड (डब्लुआरआर) र दाह्री ग्यांग ग्रुपका सदस्यहरु रिले अनसनलाई सघाइरहेका छन्। माइतीघरमै भेटिएका दाह्री ग्यांगका असिम केसीले चिकित्सा क्षेत्रको विकृति रोक्न र चिकित्सा शिक्षा व्यवस्थित पार्ने उद्देश्यलाई सहयोग पुर्‍याउन अनसन बस्न आएको सुनाए। 'डा.केसीले उठाएका मुद्दा सिधै जनतासँग जोडिएका छन्। गाउँगाउँमा अस्पताल पुर्‍याउने त्यो उद्देश्यमा सघाउन अाएको हुँ', उनले भने।

बिहीबार १ देखि ७ बजेसम्मको सिफ्टमा अनसन बसेकी डब्लुआरआरकी दीपिका जमकटेलले डा.केसीका माग पूरा नभए वा उनले अनसन नरोकेसम्म आफूहरुको रिले अनसन जारी रहने सुनाइन्। नर्सिङ विद्यार्थी उनले चिकित्सा क्षेत्रलाई व्यवस्थित गर्न डा.केसीका माग पूरा हुनैपर्ने उल्लेख गरिन्।

अनसनस्थलमै भेटिए नयाक प्रदीप खड्का। प्रेमगीत हिरो उनले माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन गरेर डा.केसीका माग पूरा गर्नुपर्ने उल्लेख गरे। 'कोही किन ११ औं पटकसम्म अनसन बस्छ भनेर बुझ्न आएको। यहाँ आएपछि थाहा भयो स्वास्थ्य क्षेत्रका विकृति सुधारौं भन्ने डा.केसीको माग रहेछ। माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन हुनुपर्छ जस्तो लाग्यो', उनले भने। मानवीयताको हिसाबले पनि डा.केसीलाई बचाउन खड्काले आह्वान गरे। 

माइतीघरमा जारी यो रिले अनसनमा सहभागी हुन आयोजकले आह्वान गरेका छन्। 

यो पनि पढ्नुहोस्

डा. केसीको स्वास्थ्य 'अत्यन्तै जोखिममा'

 

प्रकाशित: २६ श्रावण २०७४ १२:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App