१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पहिरोले चार परिवार विस्थापित

ताप्लेजुङ–घर माथिबाट झरेको पहिरोका कारण ताप्लेजुङको नाल्बुमा चार घर परिवार विस्थापित भएका छन्। आइतबार नाल्बुु गाविस– ५ मा पहिरो झर्दा श्यामबहादुर साँवा, समिर नाल्बो, सन्जमान श्रेङ चोङवाङ र मनिहाङ श्रेङ चोङवाङको परिवार विस्थापित भएका हुन्।

पहिरोले श्यामबहादुरको घर भत्काएको छ भने घर नजिकैबाट आएको पहिरो अरु तीन परिवार पनि श्यामसँगै विस्थापित भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी रामबहादुर केसीले जानकारी दिए। पहिरोले घर भत्काउँदा श्यामबहादुरको अनुुमानित पाँच लाख बराबरको क्षति भएको केसीले बताए। बिस्थापित परिवार छिमेकीको शरणमा बसेका छन्।

 

 

 

प्रकाशित: १० श्रावण २०७३ ०७:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App