१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको निर्णयप्रति रूसको आपत्ति

मस्को – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसलाई नाकाबन्दी लगाउने विधेयकमा हस्ताक्षर गरेपछि अमेरिकाले दुई देशबीच व्यापारीक युद्ध चाहेको भन्दै रूसले आपत्ति जनाएको छ । 

राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेको उक्त विधेयकमा इरान, उत्तर कोरिया र रुसमाथिको नाकाबन्दीका विषय उल्लेख गरिएको छ । पछिल्लो समय रूससँगको कुटनीतिक सम्बन्धमा लचिलो देखिएका राष्ट्रपति ट्रम्पलाई उतm विधेयकमा हस्ताक्षर गर्नका लागि संसदले बाध्यकारी बनाएको हो । 

अमेरिकाको दुवै सदनले उतm विधेयकलाई बहुमतले पारित गरेपछि त्यसमा हस्ताक्षर गर्नका लागि राष्ट्रपति ट्रम्पलाई नैतिक दबाब परेकाले उनले त्यसमा हस्ताक्षर गरेका हुन् । 

अमेरिकी राष्ट्रपतिको निर्वाचनको समयमा रुसको संलग्नता रहेको तथ्य पुष्टि भइसकेको भएतापनि यसबारे आफ्नो संलग्नतालाई रुसले अस्वीकार गर्दै आइरहेको छ । 

विधेयकले केही रसियनहरूलाई अमेरिका प्रवेशमा समेत रोक लगाउन सक्ने छ भने प्रवेश गर्नका लागि अनुमती प्राप्त कतिपय रसियनहरूलाई समेत प्रवेशमा रोक लगाउन सक्ने व्यवस्था गरेको छ । 

विधेयक पारित् भइसकेपछि रूसमा कार्यरत रहेका ७५५ अमेरिकी कर्मचारीलाई रुस सरकारले देश निकाला गर्ने निर्णय गरिसकेको छ । 

करिब १ हजारको संख्यामा अमेरिकी नागरिक कुटनीतिक कर्मचारीका रूपमा त्यहाँ कार्यरत रहेको दाबी रूसले गरेको छ। 

प्रकाशित: १९ श्रावण २०७४ १०:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App