१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जिल्ला समन्वय समिति पर्वतमा एमाले बिजयी

पर्वत- जिल्ला समन्वय समिति पर्वतको प्रमुखमा नेकपा एमालेका मनोहर बिश्वकर्मा पौडेल बिजयी भएका छन्। मंगलबार यहाँ भएको निर्वाचनमा दुई मतले उनले जितेका हुन। काँग्रेसका पुरीले छ मत ल्याउदा पौडेलले आठ मत प्राप्त गरे।

उपप्रमुखमा पनि एमालेकै यामकुमारी राना बिजयी भइन्। उनले पनि आठ मत प्राप्त गरिन् । काँग्रेसकी लालकुमारी सिकेले छ मत प्राप्त गरिन् । यसैगरी सदस्यमा एमालेकै शर्मिला नेपाली, बिष्णुराम विक, नन्दलाल सुवेदी, ज्ञानबहादुर भण्डारी, ओमप्रकाश रेग्मी, कविता विक र बिष्णुमाया पौडेलले जित हासिल गरेका छन् ।

उनीहरु सबैले आठ मत प्राप्त गरेको निर्वाचन अधिकृत मोहनराज भट्टराईले जानकारी दिए । समन्वय समितिको निर्वाचनमा १४ मत मध्ये एमालेको आठ र काँग्रेसको छ मत थियो । समन्वय समितिका प्रमुखमा निर्वाचित भएपछि पौडेलले सबै स्थानीय तहलाई समन्वय गराएर काम गर्ने बताए।

 

प्रकाशित: १७ श्रावण २०७४ १०:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App