अस्पताल पुग्न भ्याउँदैनन् दुर्गमका बिरामी

आइतबार, १५ साउन २०७४, ०८ : ५२ सुमन मल्ल

मुगु – जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका–२ निवासी हिक्मतनाथ योगीको उपचारका लागि जिल्ला अस्पताल ल्याइँदै गर्दा बाटामै मृत्यु भयो । शरीरमा घाउ खटिरा निस्केर बिरामी परेका योगी अस्पताल पुग्नै सकेनन् । पेट दुख्ने समस्या भएपछि जिल्ला अस्पताल आउँदै गर्दा सोरु गाउँपालिका–६ का ३२ वर्षीय हर्क लावडको पनि केही दिनअघि आधी बाटोमा नै मृत्यु भयो ।

बिरामी परेपछि समयमा उपचार नपाएकै कारण ज्यान गुमाउनेमा यी दुईजना पछिल्लो उदाहरण मात्र हुन् । ग्रामीण क्षेत्रका आम नागरिकको पीडा यस्तै छ । जिल्लाको दुर्गम क्षेत्रबाट सदरमुकाम ल्याइँदै गर्दा यसअघि धेरै बिरामीले ज्यान गुमाएका छन् । जिल्लामा २४ वटा स्वास्थ्य चौकी छन् । एउटा पन्ध्र शै्याको अस्पताल र खत्याड गाउँपालिकामा प्राथामिक स्वास्थ्य केन्द्र छ । तर, सदरमुकामबाहिरका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नभेटिँदा दुर्गमका बिरामी अकालमै ज्यान गुमाउन बाध्य छन् । 

सामान्य रुघा खोकी लाग्दासमेत गाउँमा सिटामोल पाइँदैन । सरकारले स्वास्थ्य चौकीबाट ४० किसिमका औषधि निःशुल्क प्रदान गर्छ तर स्वास्थ्य चौकीमा कर्मचारी भेट्नै मुस्किल छ ।

स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नहँुदा सामान्य औषधिसमेत नपाउने गरेको स्थानीयले बताए । ‘सामान्य रुघा खोकी लाग्दासमेत गाउँमा सिटामोल पाइँदैन,’ एक स्थानीयले भने, ‘सरकारले स्वास्थ्य चौकीबाट ४० किसिमका औषधि निःशुल्क प्रदान गर्छ भन्ने सुनेका छौं, हामीले पाउन त परको कुरा स्वास्थ्य चौकीमा कर्मचारी भेट्नै मुस्किल छ ।’

जिल्लाभर नेपाल सरकारले करोडौंको लगानीमा ११ वटा प्रसूतिगृहसमेत निर्माण गरेको छ । तर, प्रसूतिगृहमा राम्रो सेवा नभएको भन्दै ग्रामीण क्षेत्रका गर्भवती जिल्ला अस्पताल पुग्ने गरेका छन् । एक साताअघि सोरु गाउँपालिका–१ ख्याल्च गाउँकी मयसरा बुढा डेढ घण्टा हिँडेर पुगिने कच्चेगाउँमा रहेको प्रसूतिगृहमा नगई जिल्ला अस्पतालतर्फ हिँडिन् । नन्दको साथमा हिँडेकी उनले आधा बाटोमै बच्चा जन्माइन् । उनले भनिन्, ‘प्रसूतिगृहमा जानु र नजानुको केही अर्थ छैन । त्यसैले अस्पताल नै हिँडेको तर पुग्नै भ्याइन ।’ श्रीमान् अर्जुन र उनका साथीहरू सुत्केरी भएको स्थानबाट मयसरालाई बोकेर जिल्ला अस्पताल पु¥याए । ‘मलाई घर नजिक रहेको प्रसूतिगृहबाट प्रदान गरिने सेवामा विश्वास नलागेपछि म जिल्ला अस्पतालमा जान घरबाट हिँडे तर बीच बाटोमा नै सुत्केरी भएँ  । व्यथा लाग्दा बाटोमा नै मर्ने भएँ भन्ने सोचेकी थिएँ तर भाग्यले बाँचें,’ मयसराले भनिन् । मयसरामात्र हैनन्, ग्रामीण क्षेत्रका अधिकांश गर्भवती महिला घरमा नै सुत्केरी हुने गरेका छन् भने कतिपयले स्वास्थ्य सेवा नपाएर ज्यान गुमाउनुपरेको छ । 

‘घरबाट गर्भवती श्रीमती जिल्ला अस्पताल आउन हिँडेको खबर आएपछि बाटोमा नै केही हुने हो कि भन्ने चिन्ताले साथीलाई लिएर गएँ तर म पुग्दा बाटोमा नै सकुशल सुत्केरी भइसकिछन्,’ मयसराका श्रीमान अर्जुनले भने । दुई वर्षअघि उनकै छिमेकी गाउँ बुम्चकी महिला स्वास्थ्य स्वयंसेविका उज्याली बुढाको सुत्केरी बेथा लागेर जिल्ला अस्पताल ल्याउँदै गर्दा बीच बाटोमै मृत्यु भएको घटनाले अर्जुनलाई झस्काइरहन्छ । अब स्थानीय तहमा जनप्रतिनिधि आएकाले ग्रामीण क्षेत्रको स्वास्थ्य अवस्था गुणस्तरीय हुनेमा उनलाई झिनो आसा छ ।

ग्रामीण क्षेत्रका स्थानीयले पहिलेजस्तो बिरामी पर्दा उपचारमा समस्या झेल्नु नपरेको जिल्ला अस्पतालको भनाइ छ । अहिले सबै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी र औषधि पर्याप्त रहेको तथा स्थानीय बिरामी पर्दा स्वास्थ्य संस्थामा नआएर निजी मेडिकलमा उपचार गराउन जाने, थप समस्या बल्झिँदामात्र स्वास्थ्य संस्था पुग्ने गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. जितेन्द्र कडेंलले बताए । स्वास्थ्य समस्या पर्र्नेबित्तिकै स्वास्थ्य संस्थामा नआउने र दुर्घटना भइसकेपछि स्वास्थ्य संस्थालाई दोष लगाउने गरेको कडेंलको भनाइ छ । 

अहिले जिल्ला अस्पतालमा हर्निया, हाइड्रोसिल, एपेन्डिक्स र प्रसूति शल्यक्रियाको सेवा प्रदान हुने गरेकाले समयमा नै जिल्ला अस्पताल आउने बिरामीको उपचारमा कुनै समस्या नहुने उनले दाबी गरे ।

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसिया बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच सम्झौता भएको छ । ...

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र  राष्ट्रिय सहकारी बैंकबीच एनपिआरमा प्रिपेड कार्ड जारी गर्ने सम्झौता भएको छ । ...

Ncell Footer Ad