१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

डा. केसीको समर्थनमा राजधानीमा प्रदर्शन (फोटो फिचर)

काठमाडौँ – एकीकृत चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने लगायतका सातबुँदे माग राख्दै ६ दिनदेखि आमरण अनसनमा बसेका डा.गोविन्द केसीको समर्थनमा राजधानीमा प्रदर्शन गरिएको छ । 

भर्खरै मात्र एकीकृत भएको विवेकशील साझा पार्टीका रविन्द्र मिश्र, उज्वल थापा तथा अन्य कार्यकर्ता, कलाकारहरू र सयौँ सर्वसाधारणको उपस्थितिमा शनिबार राजधानीको माइतघरदेखि नयाँ बानेश्वरसम्म विभिन्न नाराबाजीसहित प्रदर्शन गरिएको हो ।

केसीसँग वार्ता गर्न सरकारले तीन सदस्यीय उच्च स्तरीय वार्ता टोली गठन गरे पनि उक्त टोलीसँगको वार्ता निष्कर्ष विहीन बन्दै आएको छ । 

चिकित्सा शिक्षा र स्वास्थ्यमा देखिएको बेथितिविरुद्ध केसीको यो ११ औँ आमरण अनसन हो ।

तस्बिर सबै  प्रबिन काेइराला 


 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App