२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

अर्जेन्टिना र उरुग्वेले विश्वकप आयोजनाको दाबी गर्ने

ब्युनस आयर्स- अर्जेन्टिना र उरुग्वेले २०३० मा विश्वकप आयोजनाका लागि संयुक्त दाबी गर्ने भएका छन्। विश्वकपको २०३० संस्करणका लागि चीन र अन्य मुलुकले दाबी गर्ने अपेक्षा गरिए पनि दक्षिण अमेरिकाका दुई देश पनि यसको दौडमा उपस्थित हुने भएका छन्।

चीनको दाबी बलियो र सशक्त हुने भए पनि उरुग्वेले १९३० को पहिलो विश्वकप आयोजना गरेकाले दक्षिण अमेरिकी दावीले भावनात्मक समर्थन पाउने आशा गरिएको छ।

अर्जेन्टिनी खेलकुद सचिव कार्लोस म्याक एलिस्टरले बुधबार एक अन्तरवार्तामा बताएअनुसार दुवै देशका राष्ट्रपति तथा फुटबल संघको नेतृत्व संयुक्त दाबीको प्रक्रिया अघि बढाउन सहमत भएका छन्।

तर दक्षिण अमेरिकामा राजनीतिक नेतृत्वले भने फुटबल रंगशाला बनाउनका लागि अर्बौ डलर खर्च गर्दा जनस्तरमा व्यापक आलोचना बेहोर्नु पर्न सक्छ। ब्राजिलले २०१४ मा विश्वकप तथा २०१६ मा ओलम्पिक आयोजनाका लागि खेलकुदीय पूर्वाधारमा खर्च गर्दा ठूलो आन्दोलन भएको थियो। ब्राजिली जनताले स्कुल, अस्पताल, यातायात तथा अन्य अत्यावस्यकीय विषयलाई बेवास्था गर्दै सरकारले सेतो हात्तीको रुपमा खेलकुदीय पूर्वाधार बनाएको भन्दै लामो समय आन्दोलन गरेका थिए।

अर्जेन्टिना र उरुग्वे दुवैले यसअघि दुई/दुई पटक विश्वकप उपाधि जितेका छन्। उरुग्वेले १९३० को पहिलो र विश्वयुद्धपछिको पहिलो १०५० को विश्वकपमा उपाधि उचालेको थियो। अर्जेन्टिनाले १९७८ र १९८६ को संस्करण जितेको थियो।

प्रकाशित: १४ श्रावण २०७४ ०२:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App