१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगान सुरक्षाबलको कारबाहीमा ४५ तालिबान मारिए

परोन – अफगानिस्तानको पूर्वी प्रान्त नुरिस्तानमा अफगान सेनाको कारबाहीमा परी ४५ तालिबान मारिएका छन्। 

तालिबान आतङ्ककारीले अफगान सेनामाथि गरेको आक्रमणको जवाफी कारबाहीको क्रममा कम्तीमा ४५ जना आतङ्ककारी मारिएका अफगानिस्तानको रक्षा मन्त्रालयले जनाएको छ। 

सो कारबाहीका क्रममा आतङ्ककारीका सातजना कमाण्डर पनि मारिएका सो मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। 

नुरिस्तान प्रान्तको वेगाल जिल्लामा सयौँको सङ्ख्यामा आएका तालिबान आतङ्ककारीले गरेको आक्रमणको क्रममा सुरक्षाबलसँग भएको दोहोरो भिडन्तको क्रममा ४५ आतङ्ककारी मरिनुको साथै अन्य ५० जना घाइते भएका थिए। 

तालिबान आतङ्ककारीको आखडा खोजेर अफगान सेनाले हवाई आक्रमण गर्ने गरेको छ । सो कारबाहीमा पछिल्लो समय कैयौँ तालिबान मारिएका छन्। 

मन्त्रालयले यस कारबाहीमा सुरक्षा बलतर्फ कुनै हताहत भएको विवरण प्राप्त नभएको बताएको छ। 

प्रकाशित: १२ श्रावण २०७४ १३:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App