१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आत्महत्या दर घटाउदै जापान

टोकियो–जापानी नागरिकमा अत्याधिक मात्रामा रहेको आत्महत्याको दर घटाउने विषयमा जापानले नयाँ कार्ययोजना सार्वजनिक गरेको छ। जापान सरकारले आगामी दश वर्षमा हालको आत्महत्या दरबाट ३० प्रतिशत घटाउने गरी उक्त कार्ययोजना सार्वजनिक गरिएको बताइएको छ।

जापान विश्वका शक्ति सम्पन्न राष्ट्र जी–७ मा सबैभन्दा बढी आत्महत्या दर भएको देश हो । जापानमा हरेक वर्ष कम्तीमा पनि २० हजार जनाले आत्महत्या गर्ने गरेका छन्। सन् २०१५ मा गरिएको एक सर्भेक्षणमा जापानका प्रति एक लाख मानिसमा १८.५ जनाले आत्महत्या गर्ने गरेका छन्।

सरकारले यो प्रतिशतलाई घटाएर आगामी सन् २०२५ सम्ममा प्रति एक लाखमा १३ जनामा मात्र सीमित गर्ने कार्यक्रम सन् २०१५ मा नै ल्याएको थियो।

जापानमा पछिल्ला वर्षमा आत्महत्याको संख्या विगतका केही वर्षदेखि घट्दै आएको छ। सन् २००३ मा जापानमा ३४ हजार चार सय २७ जनाले आत्महत्या गरेका थिए । गत वर्ष २१ हजार आठ सय ९७ जापानी नागरिकले आत्महत्या गरेका थिए।

मंगलबारको मन्त्रिपरिषद्को बैठकले जापानमा आत्महत्याको दर घटाउने विषयमा विभिन्न कार्ययोजना पारित गरेका बताइएको छ। यस कार्ययोजनामा नागरिकको यो लतलाई के कसरी कम गर्न सकिन्छ भन्ने विषय समेटिएको मन्त्रिपरिषद्का प्रवक्ताले जनाएका छन्।

प्रकाशित: ११ श्रावण २०७४ ०४:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App