दुवै चरणको निर्वाचनमा कसले पाए कति मत?

बुधबार, ११ साउन २०७४, ०८ : १६ भाषा शर्मा  | @sb_language

काठमाडौं— स्थानीय चुनावमा ठूला तीन दल एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाहेकका दलले नगन्य मत प्राप्त गरेका छन्। गाउँ-नगर-उपमहानगर-महानगरपालिकाका प्रमुख-अध्यक्षका उम्मेदवारले प्राप्त गरेको मतलाई आधार मान्दा साना दलको अस्तित्व संकटमा देखिन्छ।

निर्वाचन आयोगका अनुसार दुई चरणमा भएको स्थानीय चुनावमा सबैभन्दा धेरै एमालेले ३७ प्रतिशत मत पाएको छ। कांग्रेसले ३५ प्रतिशत मत प्राप्त गरेको छ। नेकपा माओवादी केन्द्रले १७ प्रतिशत मत पाएर तेस्रो स्थान ओगटेको छ।

वैशाख ३१ र असार १४ गरी ६ वटा प्रदेशमा भएको चुनावमा यस्तो मत परिणाम देखिएको हो । राप्रपासहित केही साना दलले ११ प्रतिशत मत प्राप्त गरेका छन्।

स्थानीय चुनावमा भाग लिएकामध्ये २१ दलले हजारभन्दा कम मत पाएका छन्। त्यसमध्ये ६ दलले प्रमुख पदमा शून्य मत पाएका छन् । लोक दल, संघीय लोकतान्त्रिक थरुहट, नेपाल लोकतान्त्रिक जनता कांग्रेस पार्टी, देशभक्त समाज दलबाट  प्रमुख पदमा उठेका उम्मेदवारले मत पाउन सकेनन् ।

वैशाख ३१ र असार १४ गरी ६ वटा प्रदेशमा भएको चुनावमा यस्तो मत परिणाम देखिएको हो । राप्रपासहित केही साना दलले ११ प्रतिशत मत प्राप्त गरेका छन्।

२० वर्षपछि भएको स्थानीय तह चुनावमा २०५४ सालको स्थानीय निकायको चुनावसँग मिल्दोजुल्दो मत परिणाम देखिएको छ। त्यसबेला माओवादीले चुनावमा भाग लिएको थिएन। तेस्रो स्थानमा राप्रपा थियो । यसपटक भने राप्रपा ३ प्रतिशत मतमा सीमित बनेको छ। त्यतिबेलाको राप्रपाको स्थान अहिले माओवादी केन्द्रले लिएको छ।

सबै राजनीतिक दलले प्रमुख/अध्यक्षले प्राप्त गरेको मतलाई आधार मानेर मत प्रतिशत निकालिएको छ । जसमा एमालेले २७ लाख ५३ हजार ७ सय मत लिएको छ । कांग्रेसले २६ लाख ५८ हजार ९ सय मत प्राप्त गरेको छ। त्यसैगरी माओवादी केन्द्रले १२ लाख ६९ हजार ९ सय मत लिएको निर्वाचन आयोगले जनाएको छ ।

चौथो स्थानमा देखिएको राप्रपाले २ लाख ३९ हजार ७ सय मत पाएको छ। अन्य साना दलले ५ लाख ८४ हजार ८ सय मत पाएका छन्।

दुई चरणमा गरी ४० दलले भाग लिएका थिए । संसद्मा प्रतिनिधित्व गर्ने साना दलले पनि २ प्रतिशत मत कटाउन सकेका छैनन् । संघीय समाजवादी फोरम, नेपाल दर मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक ) ले मुस्किलले २ प्रतिशत मत ल्याएका छन् । साना दुई दलले मात्र एक प्रतिशत ल्याएका छन् । राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति पार्टीले १ प्रतिशत मत ल्याएका छन् ।  स्वतन्त्रबाट उठेका उम्मेदवारले २ प्रतिशत मत ल्याएका छन् । बाँकी सबै साना दलले हजारभन्दा कम मत ल्याएका छन् ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गउँमा...

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंक लिमिटेडले धनगढीको सीपी हस्पिटल प्रा.लि.सँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । ...

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा रौतहटको गरुडामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन गरुडा नगरपालिकाको मेयर इन्नु...

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

दक्षिण एसियामा ओपो रेनो १०एक्स सिरिज सार्वजनिकसँगै नेपालमा असार १५ बाट उपलब्ध हुने भएको छ । ...

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक अभियान यही असार ९ देखि १५ सम्म हुने भएको छ । ...

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

नेपालका लागि ह्वावे स्मार्टफोनको अधिकृत वितरकले आफ्ना स्मार्टफोन र ट्याब्लेटमा गुगल एप तथा फेसबुक नचलेमा ग्राहकलाई पूरै पैसा फिर्ता गरिने...

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी टेडिङले औपचारिक रूपमा नयाँ टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ...

१३औं राष्ट्रिय ए .यस .ए. आर्किटेक्चर प्रदर्शनी सम्पन्न

१३औं राष्ट्रिय ए .यस .ए. आर्किटेक्चर प्रदर्शनी सम्पन्न

राइनो ५०० डि तथा रिद्धि सिद्धि सिमेन्टको संयुक्त सहकार्य लगायतको सहायतामा वास्तुकला र यसका विभिन्न पक्षका साथै पुनःनिर्माण र नेपालका...