१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

दुई वर्षमा दैनिक कारोबार तीन गुणा

काठमाडौं- सेयर कारोबार रकम दुई वर्षमा दुई गुणा बढेको छ। दुई वर्षअघि दैनिक औसत ३० करोड २९ लाख रुपैयाँको सेयर कारोबार हुने गरेकोमा चालु आर्थिक वर्षमा ८९ करोड १० लाख रुपैयाँ पुगेको छ। नेपाल धितोपत्र बोर्डका अनुसार, आर्थिक वर्ष २०७१/०७२ मा दैनिक औसत ३० करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको थियो।

चालु अर्थिक वर्ष २०७३/०७४ को असार २६ गतेसम्म दैनिक औसत ८९ करोड १० लाख रुपैयाँको करोबार छ। दुई वर्षअघि भन्दा चालु आर्थिक वर्ष दैनिक औसत कारोबार रकम तीन गुणा पुगेको नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक परिष्ट पौड्यालले बताए।

दुई वर्षमा वार्षिक कारोबार रकम पनि दुई गुणाले बढेको छ। आर्थिक वर्ष २०७१/०७२ मा ६५ अर्ब ३३ करोड रुपैयाँको सेयर कारोबार भएकोमा यो वर्ष दुई खर्ब दुई अर्ब रुपैयाँ पुगेको छ।

कारोबार संख्या पनि दुई वर्ष दुई गुणाले नै बढेको छ। आर्थिक वर्ष २०७१/०७२ मा चार लाख  ७७ हजार कित्ता सेयर कारोबार भएकोमा यो वर्ष असार २६ गतेसम्म १३ लाख  ३८ हजार कित्ता किनबेच भएको छ।

गत साउन १ देखि काठमाडौं उपत्यकामा र माघ १ गतेदेखि देशभर प्राथमिक निष्कासनमा अभौतिकीकरण (डिम्याट) खाता अनिवार्य गरिएको छ। सेयर बजारको कारोबार डिम्याटबाट हुन थालेकाले पनि कारोबार रकम बढेको स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष अन्जनराज पौडेलले बताए। 'भौतिक सेयर खरिद–बिक्री हुँदा राफसाफ गर्न लामो समय लाग्थ्यो,' उनले भने, 'तर, अहिले चार दिनभित्रै खरिद र बिक्री गरेको रकम लगानीकर्ताले पाउन थालेपछि कारोबार त्यही अनुसार छिटो–छरितो हुन थाल्दा रकम बढेको हो।'

धितोपत्रको दोस्रो बजारमा पूर्ण अभौतिक धितोपत्रको मात्र कारोबार सुरु भएकाले पनि कारोबार रकम बढेको पौड्यालले बताए। 'धितोपत्र कारोबारको राफसाफ तथा फर्स्योट तीन कार्य दिन (टी थ्री) को पूर्ण कार्यान्वयनले पनि करोबार रकम बढाएको हो,' उनले भने, 'सेयर बजारलाई आधुनिकीकरण गर्दै लगेकाले पनि सेयर कारोबार बढेको हो।

प्रकाशित: २९ असार २०७४ ०६:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App