१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

घट्यो यार्सा, निराश हुँदै फर्कंदै संकलक

प्रेम चुनारा
दार्चुला–जिल्लाको प्रमुख आयस्रोतका रुपमा रहेको यार्सा घट्दै गएको छ। विगतका वषको तुलनामा यस सिजनमा  बुहुमुल्य जडिबुटी यार्सागुम्बा लोप हुँदै गएको छ। अव्यवस्थित संकलन, जलवायु परिवर्तन र अवैध रुपमा निकासी गर्ने क्रमसमेत बढेकाले यार्सा लोप हँुदै गएको हो। दुई महिनाको यार्सा संकलनले  वर्षभरीको  खाद्यान्न तथा  घर खर्च चलाउने गरेका स्थानीय संकलक यस वर्ष निराश बनेका छन्।  यार्सा संकलनबाट दुई महिनाको अवधिमा ५० हजारदेखि ४ ५ लाखसम्म आम्दानी गर्ने गरेका संकलकलाई यस वर्ष  लगानी फिर्ता गर्न धौ धौ परेको छ भने यार्साको मुल्यसमेत तय नहुँदा झनै नैराश्यता छाएको छ। यो सिजनमा गाँउघरमा  जेष्ठ नागरिक र दुधे बालक बाहेक वयस्क र बालबालिका सबै हिमाली पाटनमा संकलनका जाने गएका छन्। तर,  यस वर्ष खासै यार्सा नभेटिएपछि घर फर्कन थालेका छन्।  
यस वर्ष यार्सा संकलनका लागि जिल्लामा १४ हजार संकलक यार्सा संकलन गर्न लेकतर्फ गएका थिए। दुई महिनाका लागि यार्सा संकलन अवधि तोकिएको भएपनि  यार्सा पाउन छोडेपछि संकलक घर फर्कन थालेको  सितोला– ६ का  बिशन सिंह बुढाले बताए। अपी, फेद, कलोकांग राखुपालगायतका क्षेत्रमा पहिलेको तुलनामा यार्सा निकै घटेको छ। ‘यस पटक संकलन गर्न अनुमति ढिला पाएको र समयमै पानी परेकाले  यार्सा सडेको  अवस्थामा भेटियो,’ उनले भने, ‘यस पटक पहिलेको तुलनामा ३० प्रतिशत  कम भेटिएको छ।  भेटिएको यार्साको पनि रंग फेरिएर हल्का कालो भएको  छ।’
अहिले लेकमा थोरै मात्रामा यार्सा पाइने गरेको छ। दुई दिनको अवधिमा १०/१५ ओटादेखि ४०/५० ओटासम्म यार्सा पाउने गरेका राप्ला–७ की जानकी बुढाथोकीले बताए।  यस पटक  पहिले भन्दा यार्सा कमहुँदै गएको र यसको उचित संरक्षणमा आवश्यक भएको अपी नाम्पा संरक्षण क्षेत्र दार्चुलाले जनाएको छ।
 ‘यार्सा घटेको छ तर कुन मात्रामा घटेको हो  यसको  डाटा विश्लेषण गर्न बाँकी रहेको छ,’ प्रमुख संरक्षण अधिकृत भुमीराज उपाध्यायले भने, ‘यस पटकको सम्पूर्ण तथ्यांक आउन अझै बाँकी छ।’यस सीजनमा  किनबेचका लागि छोड पुर्जी लिन  कुनै पनि व्यापारी  नआएको उनले जनाए।
दार्चुलाको दुहु र मार्मा क्षेत्रका  स्थानीय जनताका लागि यार्सा जीवन धान्ने आधार तथा आम्दानीको स्रोत यार्सा र जडीबुटी हो। पहिला भन्दा आधा यार्सा घटेको अनुभव लगातार १२ वर्षदेखि  संकलन गर्दै आएका   पिपलचौरी ३ का    डम्बर बहादुर   बमले बताए। यसको विस्तृत अनुसन्धान हुनु आवश्यक रहेको बताउँदै उनले भने, ‘यार्सा  पहिले उम्रियो  वन खोल्न ढिलाई भयो।’

 

प्रकाशित: ४ असार २०७३ १०:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App