१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बाँध भत्केर ४५ घर डुबानमा

उदयपुर–बिहीबार राति परेको वर्षाका कारण उदयपुर सदरमुकाम नजिकै फर्सेट खोलाको बाँध भत्केर चार दर्जन घरधुरी रहेको बस्ति डुबानमा परेको छ। त्रियुगा नगरपालिका ७ फर्सेट खोलामा बाँधिएको कच्ची बाँध रातिको वर्षापछि आएको बाढीले भत्काउँदा आसपासका ४५ घरधुरी परिवार डुबानमा परेको स्थानीयले बताएका छन् । उनीहरुको प्रहरी र स्थानीयको पहलमा शुक्रबार विहानसम्ममा उद्धार गरिसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार रातभर परेको बाढीले विहान ३ः०० बजेसम्ममा खोलाको पूर्वतर्फ बाँधिएको बाँध लगभग १ सय मिटर भत्काएर बाढी गाउँ पस्दा स्थानीय आतंकित बने। गाउँमा बाढी पसेको खबर आएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट उद्धार टोली पठाएर स्थानीयलाई सुरक्षित गरिएको र ९ः०० बजेपछि स्काभेटर लगेर बाँध मर्मत गरेपछि बाढी गाउँ पस्नबाट रोकिएको प्रहरी प्रमुख एसपी नरबहादुर केसीले बताए ।

स्काभेटर लगाएर लगातार तीनघण्टासम्म बाँध मर्मत गरेपछि हाललाई बाढीबाट गाउँ सुरक्षित भएको छ । तर, कुनै पनि बेला बाँध फेरि फुट्ने सम्भावना भएकाले तत्काल दीगो र स्थायी उपाय अपनाउन प्रहरीले सुझाएको छ । ‘अहिलेलाई बाढीको जोखिम टरेको छ तर, यो नै स्थायी समाधान होईन’ एसपी केसीले भने ‘दीर्घकालीन निकासका लागि जिल्ला विकास समिति, नगरपालिका र विपत व्यवस्थापन समितिले तत्काल काम थालेन भने वर्खाभर जोखिम कायमै रहन्छ ।’

प्रकाशित: ७ श्रावण २०७३ ०८:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App