२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

यस्तो छ झापाको पछिल्लो नतिजा

झापा- झापामा सोमबार साँझसम्ममा एक नगरसहित चार वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ। तीमध्ये कनकाई नगरमा प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ। दुई गाउँपालिकामा राप्रपा र एउटामा काँग्रेस विजेता बनेको छ।

एमालेले कनकाई नगरमा जितको शुरुआत गर्दा राप्रपाले कचनकवल र हल्दिीबारी गाउँपालिका जितेको छ। काँग्रेसले झापा गाउँपालिकाबाट विजयी शुरुआत गरेको छ ।

 १५ स्थानीय तह रहेको जिल्लाका आठ नगर मध्ये कनकाई नगरपालिकामा एमालेले जितेको हो । नगरतर्फको  यो पहिलो परिणाम हो । अन्तिम मत परिणाम अनुसार प्रमुखमा एमालेका राजेन्द्र पोखरेल र उपप्रमुखमा मञ्जु प्रसाईले बाजी मारेका हुन् । पोखरेलले उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका एकराज उप्रेतीलाई २ हजार २ सय १९ मतको फराकिलो अन्तरले पराजित गरे। पोखरेलले ८ हजार ४ सय १६ र उप्रेतीले ६ हजार १ सय ९७ मत प्राप्त गरेका थिए।

 उपप्रमुखमा एमालेकी मञ्जु प्रसाईले नेपाली काँग्रेसकी कविता बस्नेतलाई १ हजार ९ सय ९७ मतले पराजित गर्दै विजयी भइन् । प्रसाईले ८ हजार ५ सय ७६ मत प्राप्त गरिन भने उनकी प्रतिस्पर्धी प्रसाईले ६ हजार ५ सय ७९ मत प्राप्त गरिन् । कनकाईको ४७ पदमध्ये ३७ वटामा एमालेले जीत दर्ता गरेको छ । बाँकी १० पदमा नेपाली काँग्रेस विजयी भएको छ । एमाले नगरको १,२,४,५,७ र ८ मा प्यानलसहित विजयी भएको छ । नेपाली काँग्रेसको वडा अध्यक्षसहितको प्यानल वडानम्बर ६ मा विजयी भएको छ । वडानम्बर ३ र ९ मा मिश्रित परिणाम छ ।

कचनकवलमा राप्रपाका अन्जार आलम ५ हजार ८ सय १६ मत प्राप्त गरि विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका  कालेन्द्रसिंह राजवंशीले ५ हजार ३ सय ५३ मत प्राप्त गरे। उपप्रमुखमा राप्रपाकै निम्सरी राजबंशी ५ हजार ७ सय ९२ मत ल्याएर विजेता बनिन् । उनकी निकटतम प्रतिद्वन्द्धी काँग्रेसकी  गिता खरेलले ५ हजार ४ सय ३२ मत ल्याइन् । वडाहरुमा सातमध्ये ३ मा राप्रपा, २ मा एमाले र २ मा काँग्रेसले जितेको छ । माओवादी केन्द्र  निल भएको छ ।

हल्दीबारीमा राप्रपाका  रबिन्द्र लिङदेन गाउँपालिका प्रमुखमा विजयी भएका छन् । लिङ्देन  ३ हजार ९ सय ४३ मतसहित विजयी भएका हुन्  । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मन्जु सिटौला ४ सय मतले पछि परिन् । उनले ३ हजार ५४३ मत ल्याइन् । उपप्रमुखमा भने   एमालेका डम्बर गिरी विजयी भएका छन्। उनले ४ हजार ३ सय ८६ मत प्राप्त गरेका छन्। हल्दिबारीमा वडा नम्बर ५ मा राप्रपाको प्यानलै विजयी भएको छ। एमालेले  २ वटा, काँग्रेस र माओवादी केन्द्रले १–१ वटा वडा जितेका छन्।

झापा गाउँपालिकामा नेपाली काँग्रेसका अध्यक्ष पदका उम्मेद्वार जयनारायण साह विजयी भएका छन् । उनले ४ हजार ३ सय ९३ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्द्धी  एमालेका गजेन्द्र ताम्लीले  ३ हजार ७ सय ८९ मत प्राप्त गरे ।  उपाध्यक्षमा एमालेकी कुन्तीदेवी बुढाथोकी  विजयी बनेकी छन् । उनले ३ हजार ८ सय १६ मत प्राप्त गर्दा उनकी निटकतम प्रतिष्पर्धी काँग्रेसकी बसुन्धरा थपलियाले ३ हजार ५ सय ७६ मत प्राप्त गरिन्  । यहाँका सात वडामध्ये ४ वटामा एमाले, २ वटामा काँग्रेस र एउटामा स्वतन्त्र उम्मेद्वार विजयी भएका छन्। 

 

 

 

प्रकाशित: १९ असार २०७४ १४:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App