१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बाख्राले जन्मायो  मान्छेको जस्तै अनुहार भएकाे बच्चा

नयाँ दिल्ली – भारतको केरेलामा एक बाख्राले आँखा नभएको मान्छे जस्तै अनुहार भएको बच्चा जन्माएको छ । भारतीय किसान भी चन्द्रको गोठमा यस्तो अनौठो प्रकारको घटना घटेको हो । 

उनीहरू यो घटनापश्चात आश्चर्यचकित भएका छन् । स्थानीयहरूले बाख्राको यस्तो प्रकारको बच्चालाई फ्याल्नका लागि आग्रह गरेतापनि भी चन्द्र दम्पतीले उनीहरूको आग्रहलाई इन्कार गरेको सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ । 

उनीहरूले उक्त बच्चा प्रति दया देखाएर स्थानीयहरूको आग्रहलाई इन्कार गरेको बताए । स्थानीयहरूले यस्तो बच्चालाई हेरचाह गर्नुलाई समेत पापको संज्ञा दिएका छन् । 

चन्द्र दम्पतीले यो एक अनौठो तथ्य भएको र यस प्रकारको घटना कहींकतै आफूहरूले नसुनेको बताए । भेट डाक्टरका अनुसार बाख्राको गर्भ रहेको समयमा दुर्लभ मानिने एनोपोटमिया भन्ने एक रोगले ग्रसित भएकाले यस्तो बच्चा जन्मिएको हो । यस प्रकारको बच्चामा असामान्य किसिमको गतिविधि देख्न सकिने आंकलन गर्छन् स्थानीयहरू।

प्रकाशित: १ असार २०७४ १०:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App